स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर जिल्ला शाखाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
रासंसा/काठमाण्डौ, माघ १३,
स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाको दोश्रो जिल्ला अधिवेशन तथा चौथो साधरण सभा ललितपुर जिल्ला अध्यक्ष उपेश नौवागको सभापतित्वमा तथा स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा विशेष अतिथि माता भद्रकाली, संघका राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी, अतिथिहरुमा कोषाध्यक्ष बद्रि दुलाल, उपमहासचिव रत्न प्रजापति, राष्ट्रिय पार्सदहरुमा प्रा. कृष्ण किसी, प्रताप राना, नविन थापा, काठमाण्डौ जिल्ला अध्यक्ष पुष्कर राज पाण्डे, काठमाण्डौ जिल्ला उपाध्यक्ष सावित्री बस्नेतको उपस्थिति थियो ।


कार्यक्रममा उपस्थित सबै तहपदीय व्यक्ति व्यक्तित्वहरुलाई जिल्ला सदस्य कृष्ण राज लामिछानेले स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममाथि प्रकाश पार्दै जिल्ला अधक्ष तथा दोश्रो जिल्ला अधिवेशन तथा चौथो साधारण सभाका सभापति उपेश नौबागले स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाले वरिष्ठ उपाध्यक्ष केबी सम्राटको प्रमुख निर्वाचन अधिकृतको एक सदस्यीय निर्वाचन समितिबाट निर्वाचन सम्पन्न गरि सो निर्वाचनबाट उपेश नौवागको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समेतको यो कार्यक्रम रहेको बताउदै दोश्रो जिल्ला अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न गराउन अपेक्षा गर्नुभयो ।

कार्यक्रममा ललितपुर जिल्ला नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि सम्राटले निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साथै सबै निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष उपेश नौबाग, उपाध्यक्ष द्वय ईश्वर श्रेष्ठ र कृष्ण राज लामिछाने, सचिव किशोर सिलवाल, सहसचिव राजेश विश्वकर्मा, कोषाध्यक्ष दिपक अधिकारी छन् । यस्तै सदस्यहरुमा सरिता थपलिया, शंकर घिमिरे, सिलास सोप प्रमोद ढुंगेल, मनोज सेन, सिताराम श्रेष्ठ र मनोज खड्का रहेका छन् ।

विशेष अतिथिको आसनबाट राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसीले स्वतन्त्र पत्रकार बन्नु गौरवको कुरा हो भन्दै ललितपुर जिल्लाले शुभारम्भ गरेको यो शुभ साइतको कार्यक्रम उपत्यकाका अरु दुइ जिल्लाले पनि निकट भविस्यमा सम्पन्न गर्न तरखर रहेको बताउदै ललितपुर जिल्लाका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभायो ।






उपमहासचिव रत्न प्रजापतिले राष्ट्रिय समितिबाट जिल्लालाई के गर्नुपर्छा सो गर्नका लागि जिल्ला सक्रिय हुन आवश्यक रहेको बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा अधिबेशन सफलताको शुभकामना दिनुभयो । कोषाध्यक्ष बद्रि दुलालले स्वतन्त्र पत्रकार सबै एक हुन जरुरि रहेको बताउदै जिल्लाबाट सक्रिय रुपमा कार्य सम्पादन गरेर आउने जिल्लालाई प्रसंसित गर्दै केन्द्रले जाने छ भन्दै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा अधिबेशन सफलताको शुभकामना दिनुभयो । केन्द्रीय पार्सद प्राध्यापक कृष्ण किसिले स्वतन्त्र शब्द नै काफि रहेको बताउदै हामि सबै पत्रकारहरु स्वतन्त्र रुपमा रहे राज्यले चौथो अंगको प्रसंसा गर्ने थियो भन्दै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा अधिबेशन सफलताको शुभकामना दिनुभयो । काठमाण्डौ जिल्ला अध्यक्ष पुस्कर राज पाण्डेले पत्रकारहरुले स्वतन्त्र शब्द नबुझेर हो कि पत्रकारको दुरुपयोग गरेको यसलाई सुल्झाउन हामी सबै लाग्नुपर्ने बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा अधिबेशन सफलताको शुभकामना दिनुभयो । राष्ट्रिय पार्सद प्रताप रानाले स्वतन्त्र पत्रकार संघले बृहत रुपमा देश र जनताका निष्पक्ष र स्वतन्त्र रुपमा सुशुचित समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा अधिबेशन सफलताको शुभकामना दिनुभयो ।

प्रमुख अतिथिको आसनबाट केबी सम्राटले जिल्लामा हालसम्म सुचिकृत नभएको कारण बताउदै अब चाडै नै केन्द्रबाट यसको व्यवस्था मिलाउने भन्दै जिल्लामा आर्थिक व्यवस्था मिलाउन सबै निर्वाचित पदाधिकारीको मन स्वतन्त्र पत्रकार जिल्ला संचालन तर्फ जानुपर्छ बताउनुभयो । यसका लागि पत्रकारिता तालिम, योग ध्यानको तालिम आदि कार्यक्रम अपनाएर कोष खडा गर्न सकिने बताउदै निकट भविष्यमा सबै जिल्लामा यसको व्यवस्था केन्द्रले मिलाउदै जाने बताउनुभयो । सम्राटले संघको बिधान अनुरुप सबै जिल्ला शाखाले कार्यहरु गर्न गराउन हुन् पनि सुझाब दिनुभयो ।

कार्यक्रम नवानिवाचित जिल्ला सचिव किशोर सिलवालले सभ्य र भब्य रुपमा अनुशासित तवरले संचालन गर्नुभएको थियो । दोश्रो अधिवेशन तथा चौथो साधारण सभाका सभापति जीला अध्यक्ष उपेश नौबागले दोश्रो अधिवेशन तथा चौथो साधारण सभा सपन्न गराउनु हुने सबै पक्षलाई धन्यवाद दिदै भविष्यका दिनहरुमा पनि यस्तै कार्यक्रम सम्पन्न गराउनु हुने छ भन्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।







