‘नेपालमा माया बाँड्न आएकी हुँ’

Share to:

रासंसा/काठमाण्डौ, माघ ९,

मुलुकमा गायिका दीपानारायण झा नेपालमा मात्र होइन, बलिउडमा पनि चर्चित छिन् । जीवनको अन्तिम साससम्म पनि गीत गाउने इच्छा राख्ने उनी केही दिनको नेपाल बसाइपछि शनिबार भारत फर्किएकी छन् । पोखराको हार्मोनी परिवार (गायिकाहरूको समूह)ले माघे सङ्क्रान्तिको अवसर पारेर पोखरा सभागृहमा आयोजित ‘दीपानारायण झाका धुनहरू’ कार्यक्रममा सहभागी हुने नेपाल आएकी उनले काठमाडौँमा केही दिन पहिले ‘झिलमिल सितार’ नयाँ गीत सङ्ग्रहसमेत सार्वजनिक गरेकी छन् । विशिष्ट सङ्गीतकार आलोकश्रीको सङ्गीत रहेका आठ गीत समावेश एल्बमका गीतहरूमध्ये दुई गीत पति उदितनारायण र एक आदित्यनारायणसँग युगल गायन गरेकी छन् । नेपाली फिल्मका थुप्रै हिट गीत गाएकी उनका फिल्म र अन्य गरेर करिब ३ हजार नेपाली गीत बाहिर आएका छन् । नेपाल आएको मौका पारेर केहीले उनलाई गीतसमेत गाउन लगाएका छन् । अहिलेसम्म २० भाषामा ७, ८ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेको उनी बताउँछिन् ।

Like