१२ वर्षे जात्राको बिदाइ

Share to:

रासंसा/ललितपुर, माघ ८,

मुलुकमा साउन १० गते गठेमंगल घण्टाकर्ण चतुदर्शीबाट सुरु भएको ठेचोको नवदुर्गा भवानी देवी गुठीको १२ वर्षे जात्रा आइतबार धुखः नामक नाच नचाएपछि सम्पन्न भएको छ । नाच सम्पन्न भएसँगै ठेचो बस्तीमा निषेध गरिएको नवदुर्गा गुठीको बाजाबाहेक बाजा बजाउन, घण्टा, सिठ्ठी, ताली बजाउन, खुट्टा झुन्ड्याएर बस्न, बिहे, भोजभतेर गर्न, राति हिँडडुल र ‘रात बसाल्ने गरी पाहुना सत्कार गर्न’ नमिल्ने परम्परा फुकुवा भएको छ ।

Like