इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारहेडलाइन

निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा शेरबहादुर गुरुङ सर्वसम्मत निर्वाचित

Share to:

अन्जनराज न्यौपाने गण्डकी
प्रदेश तनहुँ।
दमौली (तनहुँ)। निर्माण व्यवसायी संघ तनहुँको शनिबार सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट अध्यक्ष पदमा शेरबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वीप्रसाद देवकोटा, उपाध्यक्षमा सुरेश घिमिरे, सचिवमा तारानरेश पौडेल, सहसचिवमा केदार अधिकारी, कोषाध्यक्षमा ओमबहादुर आले र सहकोषाध्यक्षमा निरज श्रेष्ठ चयन भएका छन्।
संघका जिल्ला अध्यक्ष यज्ञप्रसाद खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव तारानरेश पौडेलले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै निकोलस पाण्डेले निर्माण क्षेत्रको विकास विना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउँदै गुणस्तरीय र समयबद्ध निर्माण कार्यमा जोड दिए। साथै, व्यवसायीहरूका समस्या समाधानका लागि राज्यले उचित वातावरण बनाउनुपर्ने धारणा राखेका थिए। यस समारोहमा केन्द्रीय कार्यसमिति, विभिन्न जिल्ला समिति तथा उपसमितिहरूका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।

Like