Saturday, October 17, 2026
Latest:
अन्य थप

उत्कृष्ट मासुजन्य उत्पादक अवार्ड पाएको भ्याली कोल्ड स्टोरले यसपाली दशैंमा डेलिभरी सेवा नगर्ने

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ३०,

मुलुकमा उत्कृष्ट मासुजन्य उत्पादक अवार्ड पाएको भ्याली कोल्ड स्टोरले यसपाली दशैंमा डेलिभरी सेवा गर्न असमर्थ जनाएको छ । कोल्ड स्टोरले कर्मचारीहरु विजया दशमी दशैं समयमा बिदामा बस्ने भएका जनशक्ति नहुने कारण देखाई डेलिभरी गर्न असमर्थ जनाएकोमा क्षेमा याचना पनि ग्राहकहरूमा मागेको छ । स्टोरले यहि मिति २०८३ साल कार्तिक १ गते महाष्टमीका दिनदेखि कार्तिक ५ गते एकादशीसम्मका लागि सामान डेलिभरी सेवा उपलब्ध गराउन असमर्थ जनाएको हो । स्टोरले यहि कार्तिक ६ गतेदेखि नियमित रुपमा गर्दै आएको डेलिभरी सेवा पुन: शुरु गर्ने भनि उल्लेख गरेको छ । बिक्रम सम्बत २०४१ सालमा भ्याली समुह अन्तरगत स्थापना गरिएको भ्याली कोल्ड स्टोर तीन जना युवा हरिकृष्ण रावल, श्रीकृष्ण घिमिरे र सानुबाबु बिन्दुकारले संयुक्तरुपमा सञ्चालन गरेको यो उद्योगले विश्व खाद्य दिवसको अवसरमा निर्देशनालयले अवार्ड प्रदान गरिसकेको छ ।
भ्यालीले फ्रान्समा बनेको बेल नामक अर्धस्वचालित मेसिन प्रयोग गरि प्रति घण्टा १६ सयभन्दा माथि कुखुरा प्रसोधन गर्दै आएको छ।
आईएसओ २२०००: २००५ र हलाल सर्टिफिकेट प्राप्त भ्याली कोल्ड स्टोर अन्तरार्ष्ट्रिय गुणस्तरको खाद्य मापदण्ड पूरा गरेको मासुजन्य उत्पादक उद्योग अन्तर्गत पर्दछ । हाल कम्पनीले दुई जना पशुचिकित्शक, तीन जना खाद्य प्राविधक सहित २४५ जनालाई प्रत्यक्ष एवं पाँच हजार व्यक्तिलाई अप्रत्यक्ष रोजगारी दिएको जनाएको छ। हाल कम्पनीसँग ३० टनसम्म सुरक्षीत मासु भण्डारण क्षमता रहेको छ। मासुजन्य पदार्थ ओसारपसारको लागि रेफ्रिजेरेटर जडित भ्यानको पनि प्रयोग गर्दै आएको छ। काठमाडौं उपत्यकामा स्थापित भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा प्रवेश गरिसकेको छ। मासु जन्य पदार्थको ब्यापार गर्दै आइरहेको ग्रुपले उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलब्ध गराउने उद्धेश्यसँगै प्रोटिनजन्य पौष्टिकतत्वको सहज उपलब्धता समेत आफ्नो लक्ष्य भएको बताएको छ।
अन्तराष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय तयारी खाना उपलब्ध गराउने भ्याली एक्सप्रेसले जनाएको छ ।
भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार पाइने एक्सप्रेसले जनाएको छ।
४२ वर्ष अघि मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको यस कम्पनिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रुपमा सञ्चालन गरिरहेको छ। यस वर्षको बडादशैंमा ग्राहक वर्गहरुलाई पर्न गएको असुविधाप्रति स्टोर क्षेमाप्रार्थी रहेको पनि स्टोरले जनाएको छ ।

Like