पुर्कोटमा श्रीकृष्ण प्रणामी युवा परिषद्को वार्षिक साधारण सभा सम्पन्न , धर्मको रक्षा गर्न सके मानवको रक्षा हुने प्रमुख अतिथि सुकदेव लम्साल को भनाइ

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
तनहुँ, पुर्कोट — श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश तनहुँ जिल्ला पुर्कोट प्रारम्भिक समितिको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। धार्मिक, नैतिक तथा आध्यात्मिक सचेतना जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा वक्ताहरूले धर्म, संस्कृति र युवा समाजसेवाको महत्वबारे विशेष मन्तव्य राखेका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लमसालले कृष्ण प्रणामी धर्मको महत्व, युवा संगठन र धर्म गर्दा हुने फाइदाका बारेमा जानकारी दिए। उनले थप जोड दिँदै भने, “आध्यात्मिक चिन्तन र धार्मिक संस्कारबिनाको समाज दिशाहीन बन्छ। युवाहरूमा जबसम्म धर्म र नैतिकताको भावना जागृत हुँदैन, तबसम्म न त व्यक्तिगत शान्ति सम्भव छ न त सुसंस्कृत समाजको निर्माण नै हुन सक्छ मुलुकको अग्रगामी परिवर्तन का लागि सकारात्मक सोच र असल कर्म भएका युवाहरूबाट सम्भव हुने बताए ।”
त्यसैगरी, कार्यक्रममा बोल्दै कृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य प्रलाद चन्द्र लम्सालले धर्मको रक्षा गर्न सके मात्र मानवको रक्षा हुने बताए। उनले भने, “हामीले पुर्खौंदेखि जोगाएर आएको वैदिक सनातन संस्कार र सद्मार्गलाई आत्मसात गर्नु नै आजको मुख्य आवश्यकता हो। धर्मले हामीलाई कर्तव्यबोध गराउँछ र जीवनमा आइपर्ने हरेक बाधा–अवरोध पन्छाउन विवेक प्रदान गर्ने बताए ।धर्मको रक्षा नै मानवको रक्षा हो ,आफ्नो धर्म संस्कार परम्परागत मूल्य मान्यतालाई जोगाउन सबै युवाको जिम्मेवारी भएको बताए ।

त्यस्तै, कृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेशका उपाध्यक्ष अन्जनराज न्यौपानेले संघ संगठनलाई चुस्तदुरुस्त बनाउन सबै वैदिक सनातन हिन्दू धर्मका युवा शक्तिहरू एक हुन जरुरी भएको बताए। उनले अझै थप्दै भने, “युवा भनेको समाजको ऊर्जा हो, यो ऊर्जालाई रचनात्मक र धार्मिक सेवामा लगाउन सके मात्र राष्ट्र र समाज समृद्ध बन्छ। जहाँ विपद् त्यहाँ युवा परिषद् भन्ने नारालाई आत्मसात् गर्दै युवाहरूले सधैं अग्रपंक्तिमा रहेर सेवा गर्नुपर्नै।मा जोड दिए”
कृष्ण प्रणामी धर्मले मानवता, प्रेम र समानतामा जोड दिँदै जातिको भेदभाव नगरी सबैलाई ईश्वरको अंश मान्ने प्रेरणा दिन्छ उपाध्यक्ष न्यौपानेले भने।। यस साधारण सभाको सभापतित्व कृष्ण प्रणामी युवा परिषद् पुर्कोट प्रारम्भिक समितिका अध्यक्ष विवेक न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन गण्डकी लुम्बिनी संयुक्त प्रदेशका कोषाध्यक्ष मुकेश बिडारीले गरेका थिए।
धार्मिक, परोपकारी तथा सांस्कृतिक चेतनाले ओतप्रोत यस सभाले युवाहरूलाई एकजुट भई समाजसेवा र धर्मको बाटोमा अग्रसर हुन ठूलो प्रेरणा प्रदान गरेको छ।

