प्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचार

व्यास नगरपालिकाद्वारा सडक पेटी अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम जारी

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ

​तनहूँको व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी निर्माण गरिएका अवैध संरचनाहरू तत्काल हटाउन कडा चेतावनी (अल्टिमेटम) दिएको छ।
​प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल मार्फत जारी गरिएको यस सूचनाअनुसार सार्वजनिक क्षेत्र र सडक अधिकार क्षेत्र ओगटेर बनाइएका पक्की संरचना, र्‍याम्प, सिँढी, बरन्डा तथा टिनका छज्जा लगायतका संरचनाहरू आफैँ हटाउन सम्बन्धित घरधनी तथा पक्षलाई आग्रह गरिएको छ। सार्वजनिक हित र यातायात तथा पैदलयात्रुको आवागमनलाई सहज बनाउने उद्देश्यले आजको मितिबाट लागू हुने गरी सात दिनको समयसीमा तोकिएको छ।
​निर्धारित समयभित्र ती संरचनाहरू नहटाइएमा नगरपालिकाले नियमानुसार कारबाही गर्दै आफैँ ती संरचनाहरू हटाउने र त्यसबापत लाग्ने खर्च सम्बन्धित पक्षबाट नै असुलउपर गर्ने चेतावनी दिइएको छ।

Like