प्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँ प्रशासनले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन स्क्रिन सहितको टोकन प्रणाली, घरमै बसेर हेर्न सकिने

Share to:

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
– जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा प्रवाहलाई व्यवस्थित बनाउन साउन ३१ गते आइतबारदेखि नयाँ टोकन प्रणाली लागू गर्ने भएको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार नयाँ स्क्रिनसहितको टोकन प्रणालीबाट अब सेवाग्राहीले लाइनमा बस्नु पर्ने छैन। आफ्नो पालोसम्म पर्खिन मात्रै पर्नेछ।

टोकनमा रहेको QR Code स्क्यान गरी घरै बसेर, बजारमा वा अन्यत्र कतैबाट पनि कति नम्बरको पालो गयो र आफ्नो पालो आयो वा आएन मोबाइलमै हेर्न सकिनेछ।

प्रजिअ तिवारीले भदौ १ गतेदेखि राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र नागरिकता प्रतिलिपी सेवा समेत टोकन प्रणालीमार्फत नै प्रदान गरिने बताए।

राष्ट्रिय परिचयपत्र सेवा सार्वजनिक बिदाको दिनमा समेत सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

Like