जनताले नेतालाई एकोहोरो माया गरिरहने , जनता हेरेको हेरै नेताले आफ्नो स्वरूप फेरेको फेरेै

राष्ट्र संरक्षण डट कम
जनचेतनामूलक लेख अन्जनराज न्यौपाने
जनताले नेतालाई एकोहोरो माया गरिरहने , जनता हेरेको हेरै नेताले आफ्नो स्वरूप फेरेको फेरेै
भ्रष्टाचार त नेता भएपछि सबैले प्रायजसो गर्छन् परम्परागत मूल्य र मान्यता नै भयो। केही केही नेता मात्रै हुन् नगर्ने नत्र सबै नेताहरुले गरेकै हुन्छन् खरबौँ खरब पैसा सुन चाँदी हिरा मोती जम्मा गरेका हुन्छन् ,कतिपय बैंकले लिन मान्दैन र घरमा राख्छन्। कोही पानी को ट्याङ्कीभित्र राख्छन् कोही तल सेफ्टी ट्याङ्की बनाएर राख्छन् कसैले आफ्ना आफन्त साला जेठान इष्टमित्रहरुलाई बैंक खाता खोलेर पैसा राख्न दिन्छन्, जग्गा जमिन किनिदिन्छन्, कोही विदेशमा लगेर उद्योग पेट्रोल पम्प कलकारखाना खोल्छन्। पाँच सातवटा भवन कलकारखाना बनाउँछन् बैंकहरूमा लगानी गर्छन्। नेपालमा आफू पदमा बस्दाखेरि कमाएको अकुत सम्पत्तिलाई विदेशमा लगानी गर्छन् ,यसो गर्दा नेपालका आम सर्वसाधारण जनताले साह्रै नै दुःख पाए उनीहरूका छोराछोरी विदेशमा जान बाध्य भए यहाँ बाबुआमालाई हेर्ने, दीर्घरोगीलाई हेर्ने, अपाङ्गता भएका बालबालिकालाई हेर्ने मान्छे कोही पनि भएन, नेपाल सरकारको स्वास्थ्य कार्यालयमा बिरामीले चेकजाँच गर्न जाँदा भनेको औषधि पाउँदैन , कि काठमाडौँ लैजा भन्छ सामान्य बिरामीलाई पनि कि पोखरा लैजा भन्छ कि चितवन लैजा भन्छ पैसा हुनेहरू त भारत र विदेश पनि लान्छन् पैसा नहुनेहरू चाहिँ मर्ने?? कतिपय अस्पतालमा विभिन्न रोगका विषयविज्ञ डाक्टर अस्पतालमा छैनन्। मेडिकलमा पाउँछ भन्छ डाक्टर। सर्वसाधारण जनताले औषधि नपाएर मर्छन् यस्तो छ नेपालको अवस्था कहिले हुन्छ सुधार कहिले हुन्छ ??सर्वसाधारण जनताले गुणस्तरीय शिक्षा नपाएर पढ्न छोड्छन्। चरको फी महङ्गी भ्रष्टाचार जुन क्षेत्रमा पनि जताततै चरम चुलीमा देखिन्छ, गरिब दिनहीन दुःखी दरिद्रहरूको त जिन्दगी सधैं भोकभोकै मरिरहेको छ। जुन सरकार आएपनि आखिरीमा गरिबलाई हेर्ने कोही पनि छैन। मै खाउँ मै लाउ मात्रै भन्ने यो सोचले मन्त्रीहरूले जनतालाई कतिसम्म दुःख दिने तिनै जनताको भोटले मन्त्री प्रधानमन्त्री राष्ट्रपति हुने तिनै जनतालाई महादुख दिने जहाँ पाप उही फलिफाप भन्ने जुन मूल मन्त्र छ केही नेताहरूको त्यसैको फलस्वरूप आज नेपाली र नेपालमा कुनै पनि किसिमको परिवर्तन विकास निर्माणका कुनै पनि कर्य अगाडि बढ्न सकेको छैन। व्यवस्था परिवर्तन भयो होला तर अवस्था जस्ताको त्यस्तै छ। केही परिवर्तन त भएको महसुस गरेका छन् जनताले, तर कर महङ्गी बेरोजगार भोकमरी भ्रष्टाचार,महगी र कालोबजारी सदैव यथावतै छ के यही हो नेपाली जनतालाई न्याय??
सम्माननीय पूर्व प्रधानमन्त्री मन्त्रीज्यूहरू सांसदज्यूहरू आत्मसा झी राखेर भन्नुस् त तपाईहरुको कार्यकालमा के कति कामहरु के कति उद्योग धन्दाहरु के कतिलाई रोजगारी के कस्ता महत्वपूर्ण र समाजले बिर्सिन नसक्ने देशले कहिले पनि भुल्न नसक्ने ऐतिहासिक अनुकरणीय उदाहरणीय काम गर्नुभयो?
हजुरहरुको कार्यकालमा नेपालका कतिवटा स्थानहरूमा विकास निर्माणका कामहरु भए? तपाईँहरुले कमाएको पैसा सर्लक्क सातवटा प्रदेशमा उद्योग कलकारखाना खोल्दिएको भए देशका दक्ष जनशक्तिहरू विदेश जानुपर्ने थिएन राम्रा राम्रा अस्पतालहरू खोल्दिएको भए बिरामीहरूलाई निःशुल्क औषधि उपचार गर्ने व्यवस्था गरिदिएको भए औषधि नपाएर कोही पनि मर्ने थिएनन्। कृषि स्वास्थ्य ऊर्जा सञ्चार पर्यटन संस्कृति मा राज्यको ध्यान जान सकेको भए देशले अग्रगामी छलाङ मार्ने थियो। अन्य देशको तुलनामा नमुना देश बन्ने थियो नेपाल । भ्रष्टाचार गर्ने आफ्नै छोरा छोरी आफ्नै दाजुभाई दिदीबहिनी आफ्नै ज्वाई आफ्नै पिता आफ्नै साला आफ्नै जेठान जो भएपनि उसलाई कडा भन्दा कडा कारबाही गरिदिने हो भने भ्रष्टाचार सुन्य हुन्छ। देशमा सुशासन कायम हुन्छ देशको विकासमा तीव्र वृद्धि र विकास हुन्छ। यसो गर्नुपर्छ भन्ने त सबै नेताहरूलाई थाहा छ। थाहा पाइपाई जसले गलत गर्छ त्यो महापापी हो त्यसले कहिले पनि सुख शान्ति यो लोकमा मात्रै होइन परलोकमा पनि पाउँदैन। खोइ त सहायता अपाङ्गता भएका दृष्टिबिनहरूलाई असहाय जेष्ठ नागरिकहरूलाई?? गरिब असाय अनाथ सडक बालबालिका र बाल मजदुर ,टुहुरा बालबालिकाहरूलाई खोई अपनत्व सामाजिक न्याय उनीहरूको नैसर्गिक अधिकार खै ?? राज्यमा पछि परेका अल्पसंख्यक जातजातिहरूलाई खै न्याय ? न पेटभरि खान पाएका छन् न राम्रो लाउन पाएका छन् न कुनै महत्वपूर्ण स्थानमा घुम्न पाएका छन् नराम्रोसँग औषधि उपचार पाएका छन्। नराम्रो शिक्षादिक्षा पाएका छन्। न कसैबाट सहयोग पाएका छन् हाम्रो नेपालमा ??
आखिर मरेर त सबै खाली हातै जाने हो जति कमाए पनि सुन हिरा मोती चाँदी खाने त होइन। लाने पनि होइन। खाली हातै जाने हो आफूलाई लगाइदिएको कात्रोधरी च्यातेर फाल्छन् मलामीले भने के चाहिँ लान पाइने रहेछ र पाप र धर्मबाहेक??, नेताहरूलाई यस्ता कुरा भालुलाई पुराण सुनाए जस्तो हो हुन त तर पनि मानवीय हिसाबले अलिकति थोरै एकछिन समय लिएर सोच्नुपर्ने बेला आएको छ। राष्ट्रपति प्रधानमन्त्री भनेको देशका जनताका अभिभावक हुन्, जनता आफ्ना छोराछोरी दिदीबहिनी दाजुभाइ जस्ता हुन् उनीहरुलाई पर्याप्त शिक्षादिक्षा खाने लाउने र बस्ने र उनीहरूको बौद्धिक स्तर अन्तर्राष्ट्रिय स्तरमा अग्रपंक्तिमा अगाडि बढाउन म राष्ट्रपतिमा प्रधानमन्त्री म सांसद म जिम्मेवार निकायको प्रमुखको महत्वपूर्ण कर्तव्य अनि दायित्व हुन्छ भन्ने जबसम्म आत्म बोध हुँदैन तबसम्म कहिल्यै पनि कहीँ कतै पनि देशको र व्यक्तिको चौतर्फी विकास सुन्य हुन्छ।
यो सबै नेताहरूले गम्भीर भएर सोच्नुपर्छ। जनताका घरघरमा पहिला जोगीको भेष धारण गरेर राजा प्रधानमन्त्रीहरू जान्थे अरे। हाम्रा बाजेहरूले बजैहरुले भनेको सुनिन्थ्यो , राजाले प्रधानमन्त्रीले मन्त्रीले कस्तो छ त राज्यमा जनताको अवस्था भनेर बुझ्थे रे। सोही कारणले गर्दा उद्योग कलकारखाना बाटो घाटो खानेपानी र रोजगारीको सिर्जना गराए राजाहरूले भन्थे अग्रजहरूले ,त्यसैले नै राजालाई विष्णुको अवतार मानिएको हो रे। पहिलेदेखि नै यो परम्परा चलिरह्यो
सोझा सिधा जनताको विभिन्न शीर्षकमा मजाले कर उठाइदिएसि जनता जति पनि कर तिर्न बाध्य छन् जनताले दुःख गरेर कमाएको सम्पत्तिमाथि कर लगाइदिने अनि केही नेताहले झ्वाम खाइदिने विकास निर्माणको काम सुन्ने पारिदिने हो भने देश र जनताको आर्थिक स्तर कसरी मजबुत र उन्नति हुन्छ? उठेको राजस्व जति कर छली गर्ने यही हो तपाईँहरूको धर्म न्याय तपाईंहरूको संस्कार तपाईँहरूको मानवता? तपाईँहरू आफू बन्ने आफ्ना नातागोता बनाइदिने अरु घाममा सुताइदिने मरे मरुन बाँचेबाचन के मतलब हैन? चुनावमा पैसा पेल्दिए जितिहालिन्छ जनतालाई भेडा बनायो अकुत सम्पत्ति कमायो। मरेर के लाने हो यो कुरा सोच दिमागमा परिवर्तन आउँदैन भने आर्यघाटमा दिनको एकफेर जाने अनि स्वतः परिवर्तन हुन्छ दिमाग मरेको लासलाई देखेपछि। पटक्कै भएन के देशको विकास पटक्कै भएन। गरिबलाई उठाउनुपर्यो श्रमिकहरूलाई उठाउनु पर्यो। बेरोजगारहरुलाई उठाउनुपर्यो। समाजमा गरिब भोकभोकै बसेका गरिबहरूलाई हेर्नुपर्यो। नेताले आगामी दिनहरूमा पनि आफ्नो प्लेटफर्म बनाउन जरुरी छ। सचिने र सच्याउने काम गरौं
