अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

इतर समूहसँग सहमतिका लागि थप २० दिन प्रयास गर्छु – गगन थापा

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ०१,

मुलुकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सङ्कल्प व्यक्त गरेका छन् । इतर समूहसँग सहमतिका लागि थप २० दिन प्रयास गर्छु : गगन थापापार्टी मुख्यालय सानेपामा सोमबार जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै कित्तामा ल्याउन आफूले थप पहल गर्ने बताएका हुन् । महाधिवेशनको कार्यतालिका र साङ्गठनिक विषयहरूमा देखिएका विवादहरू सुल्झाउन आफू अझै केही समय संवादमै रहने उनले उल्लेख गरे । ‘पार्टीभित्रका सबै पक्षबिच सहमति कायम गर्न म अझै १५ देखि २० दिनसम्म निरन्तर प्रयास गर्छु,’ थापाले बैठकमा भने, ‘मेरो मुख्य लक्ष्य नै १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु हो।’ पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर संस्थापन र इतर पक्षबिच देखिएको अन्योल चिर्न थापाले सहमतिको बाटो रोजेका हुन्। उनले पार्टीलाई बलियो बनाउन आन्तरिक एकता अनिवार्य रहेको भन्दै नेताहरूबिचको असमझदारी हटाउन आफूले प्रयास गर्ने बताए।

Like