इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]फोटो फिचरमुख्य समाचाररोजगारी/सूचनाविज्ञान/प्रविधिसंचारहेडलाइन

सर्वसाधारणका हराएका नगद, मोबाइल, झोला तथा महत्त्वपूर्ण कागजातहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

Share to:

अन्जनराज न्यौपाने गण्डकी प्रदेश सूचना ब्युरो तनहुँ

तनहुँको व्यास नगरपालिकाका विभिन्न स्थानमा सर्वसाधारणका हराएका नगद, मोबाइल, झोला तथा महत्त्वपूर्ण कागजातहरू फेला पारी सम्बन्धित धनीलाई सकुशल बुझाइएको छ। यात्रा तथा हिँडडुल गर्दा सामान हराउने घटना बढ्दै गएकाले सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राप्त विवरण अनुसार, कात्तिक ७ गते पोखराबाट दमौली आउने क्रममा व्यास नगरपालिका–५ का रबिन आलेको हराएको झोला फेला पारी उनलाई बुझाइएको छ। त्यस्तै, कात्तिक १२ गते व्यास नगरपालिका–३ स्थितमा व्यास–१ भादगाउँका रिकुराम रानाभाटको हराएको नगद ४ हजार रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता दिइएको छ।
यसैगरी, कात्तिक २६ गते मानुङकोट जाने क्रममा व्यास–५ कन्टारकी बिपिशा बिकको हराएको रेड्मी १२ मोबाइल र मंसिर ३ गते व्यास–१ का हिरा बहादुर अधिकारीको महत्त्वपूर्ण कागजात फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको छ।
राष्ट्र संरक्षण डट कमको जनहितका लागि सचेतनामूलक सुझाव:
यात्रा गर्दा वा हिँडडुल गर्दा नगद, मोबाइल वा महत्त्वपूर्ण कागजात हराउन नदिन सवारी साधनबाट ओर्लनुअघि राम्ररी जाँच गर्ने, आवश्यकबाहेक सक्कल कागजात बोकेर नहिँड्ने र झोला वा पर्समा आफ्नो सम्पर्क विवरण राख्ने गर्नुपर्छ। सामान हराइहालेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु उपयुक्त हुन्छ।

Like