अन्य थपदेशप्रदेश-३ [बागमती]राजनीतिसमाचारहेडलाइन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १,

मुलुकमा सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो । श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, “जाहेरी दरखास्तमा उल्लेखित तस्बिर जाहेरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको” देखिएको छ।

Like