रासंसा/काठमाण्डौ, श्रावण १,
मुलुकमा जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश केही खुकुलो पारिएको जनाएको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा अवस्थाको विश्लेषण गरी कर्फ्यु आदेश खुकुलो पारिएको र स्थानीय परिस्थितिको विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिनेसम्बन्धमा पुनः सूचित गरिने बताए ।
Like
