प्रदेश-४ [गण्डकी]शिक्षासमाचार

दमौली माध्यमिक विद्यालयका प्रिन्सिपलसहित शिक्षकहरू सम्मानित

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ

​दमौली (तनहुँ) — शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा दमौली माध्यमिक विद्यालयबाट उच्चतम जीपीए ४ सहित आ-आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) गराउन सफल भएको अवसरमा शिक्षकहरू सम्मानित भएका छन्।
​राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसर पारेर व्यास नगरपालिकाद्वारा आयोजित एक विशेष शिक्षक सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल गुरुङसहित अन्य विषयगत शिक्षकहरू सम्मानित भएका हुन्।
​व्यास नगरपालिका-४, तनहुँस्थित यस विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्‍याएबापत सम्मानित हुने शिक्षकहरूमा इमान गुरुङ, सुजता पन्थ, लोकबहादुर परियार (किरण) र गणेश थापा (क्षेत्री) रहेका छन्। नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा उनीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

Like