धर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचार

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा वरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठ नियुक्त

Share to:

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नेपाल सरकारबाट वरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठ नियुक्त श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँ नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा स्थापित एक प्रख्यात कवि र सांस्कृतिकर्मी हुनुहुन्छ । विशेषगरी पोखराको साहित्यिक तथा साँस्कृतिक आन्दोलनका एक प्रमुख अभियन्ता हुनुहुन्छ । वि.सं. २०१६ साल कार्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मनु भएका श्रेष्ठको साहित्यिक यात्रा: वि.सं. २०३६ सालको ऐतिहासिक सडक कविता क्रान्तिबाट चर्चामा आएका उहाँ विशेषगरी समसामयिक भाव, देशभक्ति र सामाजिक यथार्थ समेटिएका कविताका लागि चिनिनुहुन्छ । उहाँले पोखराको साहित्यिक विकासका लागि स्थापित ‘पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)’ मा तीनपटक अध्यक्षको रूपमा नेतृत्व गरेका श्रेष्ठ हाल उहाँ त्यस संस्थामा सल्लाहकार हुनुहुन्छ । उहाँ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको कामना गर्दछौं ।

Like