अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारहेडलाइन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ५,

मुलुकमा नेपाली बजारमा आज शुक्रबार पनि सुन–चाँदीको भाउ बढेको छ । हिजो बिहीबार प्रतितोला नौ हजार ३०० रूपैयाँ बढेको सुनको भाउ आज तीन हजार ३०० रूपैयाँले वृद्धि भएको छ ।
हिजो बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यसैगरी आज असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँ निर्धारण भएको छ । हिजो असली चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

Like