अन्य थपखेलकुदविश्वस्पेसल

पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता, अल्जेरिया पछ्याउदै

Share to:

रासंसा/एजेन्सी, आषाढ १९,

विश्वमा फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले पहिलो हाफ सकिँदा अल्जेरियाविरुद्ध १–० को अग्रता बनाएको छ। सुरुआती गोलपछि स्विट्जरल्यान्डले खेलमा नियन्त्रण कायम राख्ने प्रयास गर्यो भने अल्जेरियाले बराबरी गोलका लागि केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा सफल हुन सकेन। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको १०औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। अब दोस्रो हाफमा अल्जेरिया पुनरागमनको लक्ष्यसहित मैदान उत्रिनेछ भने स्विट्जरल्यान्ड अग्रता जोगाउँदै अन्तिम १६ नजिक पुग्ने प्रयासमा हुनेछ।

Like