अर्थतन्त्रप्रदेश-४ [गण्डकी]

व्यवस्थित हुन सकेनन् तार र सडक: सामाजिक अभियान्ता भाग्यशाली ढुङ्गानाको ध्यानाकर्षण

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ

तनहुँ बस्ती भित्रै गुजुमुजु परेका तार र सडकमै थुपारिएका निर्माण सामग्रीले सर्वसाधारणलाई सास्ती दिएको छ।

सामाजिक अभियान्ता भाग्यशाली ढुङ्गानाले खिचेर सार्वजनिक गरेका तस्बिरहरुमा एउटा पोलमा विद्युत, इन्टरनेट र टेलिफोनका सयौं तारहरु अस्तव्यस्त रुपमा झुण्डिएका देखिन्छन्। उही स्थानको अर्को तस्बिरमा सडकको छेउमा गिटी, बालुवा, सिमेन्टका बोरा र निर्माण सामग्री बाटोमै राखिएको छ।

ढुङ्गानाका अनुसार यस्तो अवस्थाले पैदल यात्री, दमौली कलेज दमौली ग्लोबल एकेडेमी, दमौली मोडल एकेडेमी परासर कलेज मदरसा आधारभूत विद्यालयका स्कुले बालबालिका र बृद्धहरुका लागि जोखिम बढाएको छ। तारहरुको जटिल जालोले आगलागी र विद्युत दुर्घटनाको सम्भावना बढाएको छ भने सडकमा राखिएको सामग्रीले आवतजावतमा अवरोध गरेको छ।

“सडक सार्वजनिक सम्पत्ति हो। यसलाई गोदाम र निर्माणस्थल बनाउन पाइँदैन। त्यस्तै जथाभावी तार झुण्ड्याउने कामले शहरको सुन्दर्यता मात्र बिगार्दैन, जीवनकै जोखिम निम्त्याउँछ,” ढुङ्गानाले सडक पूर्णरुपमा खुल्ला हुनु जरुरी भएको उनले बताए।

उनले सम्बन्धित निकाय, स्थानीय सरकार र सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तार व्यवस्थापन गर्ने र सडक अतिक्रमण हटाउन ध्यानाकर्षण गराएका छन।

तस्बिर: सामाजिक अभियान्ता भाग्यशाली ढुङ्गाना

Like