अविरल वर्षाका कारण तनहुँ भिमादमा घरको पर्खाल भत्कियो

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ
भिमाद, तनहुँ – अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिका-८ अरौदीमा एक ढुङ्गा-माटोले बनेको घरको पर्खाल भत्किएर क्षति पुगेको छ।
अविरल वर्षाका कारण स्थानीय तुलसी प्रसाद श्रेष्ठको २ तले कच्ची घरको पश्चिम तर्फको पर्खाल भत्किएको हो।
घटनाबारे मिति २०८३/०३/१२ गते दिउँसो १४:३० बजे टेलिफोनमार्फत खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरीले दिएको जानकारी अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन।
भत्किएको पर्खालको तस्बिरमा ढुङ्गा र माटोको ठूलो थुप्रो घरबाहिर देखिएको छ। मनसुन सक्रिय भएसँगै तनहुँका कच्ची र पुराना संरचनाहरुमा यस्तो जोखिम बढेको स्थानीयले बताएका छन्।
प्रहरीले वर्षाको समयमा कमजोर र पुराना घरमा बस्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।
Like
