तनहुँमा प्रहरी सहायक निरीक्षक दिपा खत्री उत्कृष्ट प्रहरी घोषित

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
तनहुँमा प्रहरी सहायक निरीक्षक दिपा खत्री जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएकि छिन।
जिल्ला प्रहरी कार्यालय तनहुँले २०८३ जेठ महिनाको लागि प्रहरी सहायक निरीक्षक दिपा खत्रीलाई “Best Police of the Month” बाट सम्मानित गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीद्वारा २०८३/०३/१० मा जारी प्रमाणपत्र अनुसार खत्री जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत छिन्।
उत्कृष्ट ठहरिनुका आधारहरु:
– अपराध नियन्त्रण: लैंगिक हिंसा, घरेलु हिंसा तथा महिला-बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणमा देखाएको सक्रियता
– खोजी तथा न्यूनीकरण: हराएका व्यक्तिको खोजी र जेष्ठ नागरिक विरुद्ध हुने अपराध न्यूनीकरणमा उच्च कार्यक्षमता
– जनचेतना: विद्यालय, संघ-संस्था तथा टोल-टोलमा पुगेर लैंगिक हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सक्रिय ।
जिल्ला प्रहरी कार्यालय तनहुँले “उत्कृष्ट प्रहरी छनोट कार्यविधि बमोजिम इमान्दारिता, वफादारिता र कर्तव्यनिष्ठाको आधारमा खत्रीलाई यो सम्मान प्रदान गरिएको जनाएको छ।
कार्यालयका अनुसार महिला प्रहरी कर्मचारीले गरेको यस्तो उत्कृष्ट कार्यले फिल्डमा खटिने सबै प्रहरी कर्मचारीलाई थप ऊर्जा र प्रेरणा मिल्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताए।
