प्रदेश-३ [बागमती]शिक्षासमाचार

काठमाण्डौं प्याब्सन कोषाध्यक्ष डि. एन. अधिकारिको निधन

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ७,

मुलुकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौंका कोषाध्यक्ष दिननाथ (डि. एन.) अधिकारीको निधन भएको छ । ४५ वर्षीय अधिकारी लमजुङ भारते स्थायी घर भई हाल तार्केश्वर नगरपालिका वडा नम्बर–८ मा बस्दै आएका थिए । उनी शुक्रबार आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

तार्केश्वरको शेषमति भेटघाट चोकमा बस्दै आएका अधिकारी शुक्रबार दिउँसो आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

करिब साढे १ बजेतिर दुई वटा दराजको बिचमा पर्दा झुण्ड्याउने डण्डी अड्याएर झुण्डिएको देखेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

अधिकारी काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित नेशनल मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल समेत हुन् । उनको निधनमा आज काठमाडौंका बोडिङ स्कुलहरु बन्द भएको छ । उहाँको निधनप्रति हामिपनी मर्माहत भएका छौँ ।

Like