तनहुँमा प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ, ४८० क्याप्सुल र ३० ग्राम गाँजा बरामद

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
तनहुँ, दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
ब्यास नगरपालिका वडा नं. १० नयाँ बस्तीमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध Tramadol 340 क्याप्सुल, Megalin ९० क्याप्सुल, Spaspain २८ क्याप्सुल, Antikof १८ क्याप्सुल, Vomin ४ क्याप्सुल गरी जम्मा ४८० क्याप्सुल बरामद गरेको छ। साथै गाँजा जस्तो देखिने पदार्थ ३० ग्राम पनि फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताए।
पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद धिमिरेले बताए।

