गठबन्धनका तीन प्रधानमन्त्री पाँच वर्षमा सम्भावना

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

मुलुकमा निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को ?’ बन्ने भन्ने’bout सर्वत्र प्रश्न र चासो बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने’ निश्चित देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा ऊनै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले सरकार गठनमा आफूहरूको पनि दाबी रहने बताउदै आएको छ । प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ । कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘पालैपालो प्रधानमन्त्री बन्नेगरी प्याकेज’मै सहमति खोज्नेगरी उनीहरूबीच ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको स्रोतको दाबी छ । कांग्रेस नेतृत्वको गठबन्धनका शीर्षनेता ‘भावी सरकार गठन’को आन्तरिक गृहकार्यमा लागिसकेका छन् । उनीहरूले गठबन्धन दलकै नेतृत्वमा ‘भावी सरकार बन्ने’ दाबी गर्दै आएका छन् । सो दाबीअनुसार ‘ कांग्रेस नेतृत्वमा सरकार बन्नेछ तर कांग्रेसभित्र पनि आधाभन्दा दर्जन बढीले प्रधानमन्त्रीमा दाबी पेस गर्न थालेपछि थप सकस देखिन’ थालेको छ । यद्यपि, गठबन्धन दलको निर्णय र समर्थनले मात्रै कांग्रेसले प्रधानमन्त्री पद पाउने भएकाले बढी सम्भावना भने कांग्रेस सभापति शेरबहादुर देउवाकै देखिएको छ । स्रोतका अनुसार पछिल्ला दिन कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच ‘गठबन्धनकै सरकार बनाएर अघि बढ्ने’ सहमति हुनुका साथै उनीहरू पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ । यद्यपि, माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘आफूलाई पहिलो दुई वर्षका लागि प्रधानमन्त्री पद दिन’ देउवासँग बारम्बार आग्रह गर्दै आएका छन् । यसमा देउवा भने सहमत हुन सकेका छैनन् । सहमतिअनु्सार पहिलो दुई वर्ष कांग्रेस सभापति देउवा, पछिल्लो दुई वर्ष माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र अन्तिम एक वर्ष माधव नेपाल नेतृत्वको सरकार बन्न सक्नेगरी आन्तरिक सहमति गरिएको दाबी स्रोतको छ । यो सहमति तीनै नेताले ‘गोप्य’ राखेका छन् । यद्यपि, कांग्रेसले बहुमत ल्याउन नसकेको र गठबन्धनको भर पर्नुपर्ने अवस्था रहेकाले पछिल्ला दुई वर्ष तथा अर्को वर्ष क्रमशः प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउन देउवा सहमत भएको उनीनिकट स्रोतले जनाएको छ ।

Like