इे-पेपरखेलकुदतनहुँ जिल्लाको विशेष समाचारप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारस्वास्थ्यहेडलाइन

प्रथम व्यास मेयर कप फुटबल प्रतियोगितामा व्यास नगरपालिका–१भादगाउँ विजयी

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश/ सूचना ब्युरो
तनहुँ

स्वास्थ्य र एकताको सन्देशसहित सम्पन्न प्रथम व्यास मेयर कप फुटबल प्रतियोगितामा व्यास नगरपालिका–१ विजयी भएको छ। व्यास–३ स्थित बीपी वनवाटिका खेलमैदानमा मंगलबार भएको रोमाञ्चक फाइनलमा व्यास–१ ले व्यास–८ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। यससँगै विजेताले नगद रु १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका छन्। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक पार्दै, यो प्रतियोगिताले आपसी सद्भाव, भाइचारा र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरेको छ।

Like