विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन, अब मन्त्रालय १८

Share to:

रासंसा/काठमाण्डौं, बैशख ३०

मुलुकमा वैज्ञानिक तथा सांसद महावीर पुनको निरन्तरको दबाब र पहलपछि सरकारले अन्ततः ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सरकारले लगानी नगरेको र सरकारको प्राथमिकतामा यी कुरा नपरेको भन्दै पुनले सामाजिक सञ्जाल र संसद्‌मा पटक-पटक आवाज उठाउँदै आएका थिए ।
यी हुन् सरकारका १८ मन्त्रालय-
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.अर्थ मन्त्रालय
३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६.कृषि, वन तथा पर्यावरण मन्त्रालय
७.गृह मन्त्रालय
८.परराष्ट्र मन्त्रालय
९.पूर्वाधार विकास मन्त्रालय
१०.भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२.युवा, श्रम तथा रोजगार मन्त्रालय
१३.रक्षा मन्त्रालय
१४.विज्ञान, प्रविधि तथा नवप्रवर्तन
१५.शिक्षा तथा खेलकुद मन्त्रालय
१६.सूचना तथा सञ्‍चार मन्त्रालय
१७.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
यसअघि मन्त्रालयको सङ्ख्या धेरै भएको भन्दै आलोचना भइरहेका बेला सरकारले प्रशासनिक सुधार र मितव्ययिताका लागि कुल मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ । यसै प्रक्रिया अन्तर्गत साविकको शिक्षा मन्त्रालयबाट विज्ञान र प्रविधिलाई छुट्ट्याएर नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू समेत हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ स्थापना गरिएको हो।
#hellosamaj

Like