यो चुनावमा पनि रुपन्देही–३ का मतदाता सम्झिँदैछन् दीपक बोहरालाई

Share to:

रासंसा/रुपन्देही, फाल्गुण १४,

मुलुकमा प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै छ । उम्मेदवारहरू चुनाव प्रचारमा व्यस्त देखिन्छन् । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा पनि अन्य निर्वाचन क्षेत्रमा जस्तै चुनावको चहलपहल बढेको छ । यस निर्वाचन क्षेत्रबाट विगतमा विभिन्न राजनीतिक हस्ती निर्वाचित हुँदै आए पनि विकास निर्माणका काममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिवंगत नेता दीपक बोहराले जति काम अरुले नगरेको यहाँका मतदाता बताउँछन् । यहाँका मतदाताले आसन्न निर्वाचनमा कस्तो जनप्रतिनिधि छान्ने भन्नेबारे लगभग आफ्नो धारणा बनाइसकेका छन् । क्षेत्रमा विकास निर्माणको कामलाई अघि बढाउन सक्ने, जनसरोकारका मुद्दा सम्बोधन गर्न सक्ने, कार्यकर्ताको सीमित घेराबाट बाहिर रहेर सर्वसाधारणका सुख–दुःखमा साथ दिन सक्ने उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनीहरूको भनाइ छ । यस क्षेत्रको आधारभूत विकासमा राप्रपाका पूर्वसांसद बोहराजत्तिको योगदान अरुले गर्न नसकेको मतदाताहरूको भनाइ थियो । रुपन्देही–३ अन्तर्गतका विभिन्न वडामा पुगेर रातोपाटीले स्थानीय मतदातालाई विगतका जनप्रतिनिधिमध्ये कसले यस क्षेत्रका लागि राम्रो काम गरेका थिए भनेर प्रश्न सोधेको थियो । हामीले प्रश्न गरेकामध्ये सबैजसो मतदाताले यस क्षेत्रमा दीपक बोहराले दशकौँदेखि विकास निर्माणका कामलाई अघि बढाएको जिकिर गरे । शुद्धोधन गाउँपालिका–३ निवासी रुक्माङ्गत जैशी शर्माले रुपन्देही–३ मात्र नभएर सिङ्गो जिल्लाकै विकासका लागि दीपक बोहराको योगदान अविस्मरणीय रहेको बताए । ‘रुपन्देहीको आधारभूत विकासमा दीपक बोहराले जत्तिको काम अरु कुनै पनि नेताले अहिलेसम्म गरेका छैनन्,’ उनले भने ।बुटवल उपमहानगरपालिका–१८ का तारा राना पनि निर्वाचनको मुखमा दीपक बोहरालाई सम्झिन बाध्य भएको बताउँछन् । ‘उहाँ यो संसारमा भौतिक रूपमा त हुनुहुन्न, तर उहाँले गरेका विकासको प्रतिफल अहिले हामीले उपभोग गरिरहेका छौँ,’ उनले भने । सिद्धार्थनगर नगरपालिका–८ का प्रेम केसी ग्रामीण क्षेत्रको विकासमा दीपक बोहराको योगदान अविस्मरणीय रहेको बताउँछन् । ‘पञ्चायतकालदेखि नै बोहराले रुपन्देहीको ग्रामीण क्षेत्रमा विकास गरेका हुन्,’ उनले भने, ‘यहाँबाट अन्य नेताहरू पनि निर्वाचित भए, तर बोहराले जत्तिको काम गरेनन् ।’ सुकुमबासीहरूलाई जग्गा उपलब्ध गराएर बस्ती बसाउनेदेखि लिएर सडक निर्माण, सिँचाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा बोहराले निकै काम गरेको शर्मा बताउँछन् । ‘यहाँबाट बालकृष्ण खाण लगायत केन्द्रीय स्तरका अन्य नेता पनि निर्वाचित भए, तर उनीहरूले आफ्ना निकटका मानिसलाई मात्र हेरे । जनताको पक्षमा त बोहराले मात्र काम गरेको महसुस हामी गर्दैछौँ ।’ बोहराले चुनाव जिते पनि, हारे पनि आफ्नो निर्वाचन क्षेत्रमात्र नभएर रुपन्देही जिल्लाकै विकासका लागि सदैव भूमिका निर्वाह गरेको रानाको भनाइ छ । किसानका लागि बोहराले नै बोरिङमार्फत सिँचाइ सुविधा उपलब्ध गराएको उनले सुनाए । स्वास्थ्य प्रतिकूल रहेकै अवस्थामा ०७९ को चुनाव जितेका बोहराले पछिल्लो कार्यकाल अस्वस्थताले गर्दा राम्रोसँग काम गर्न नपाएको तर, त्यसअघि नै यस क्षेत्रका जनताका लागि उल्लेख्य काम गरेको उनले बताए । ओमसतिया गाउँपालिका–२ का खेमराज खरेल पनि सडक निर्माण तथा अन्य पूर्वाधारको विकासमा दीपक बोहराले धेरै काम गरेको स्मरण गर्छन् । ओमसतिया गाउँपालिका–२ का खेमराज खरेल पनि सडक निर्माण तथा अन्य पूर्वाधारको विकासमा दीपक बोहराले धेरै काम गरेको स्मरण गर्छन् । ‘यो क्षेत्रबाट बालकृष्ण खाणले पनि जिते, दीपक बोहराले पनि जिते,’ रानाले भने, ‘तर खाणले खासै केही गरेनन् । बोहराले त धेरै काम गरेका छन् ।’ यस निर्वाचन क्षेत्रमा अहिले दीपक बोहराकै छोरा गौरव बोहरालाई राप्रपाले उम्मेदवार बनाएको छ । यद्यपि दीपककै जत्तिको प्रभावकारी भूमिका उनका छोराले निर्वाह गर्नेमा भने खरेल विश्वस्त छैनन् । ‘फेरि चुनाव हुँदैछ, दीपक बोहराजस्तो मान्छे नहुँदा खल्लो महसुस भइरहेको छ,’ उनले भने । सिद्धार्थनगर नगरपालिका–८ का प्रेम केसी ग्रामीण क्षेत्रको विकासमा दीपक बोहराको योगदान अविस्मरणीय रहेको बताउँछन् । ‘पञ्चायतकालदेखि नै बोहराले रुपन्देहीको ग्रामीण क्षेत्रमा विकास गरेका हुन्,’ उनले भने, ‘यहाँबाट अन्य नेताहरू पनि निर्वाचित भए, तर बोहराले जत्तिको काम गरेनन् ।’ सामान्य व्यापार–व्यवसाय गर्दै आएका उनले भने, ‘म त सामान्य व्यापारी हो । मलाई कसैसँग लिनु पनि छैन, दिनु पनि छैन । साँचो कुरा भन्नुपर्दा यो जिल्लाकै लागि दीपक बोहराले धेरै काम गर्नुभएको छ । यहाँ जति पनि विकास भएको छ, उहाँकै कारणले भएको हो ।’ सियारी गाउँपालिकाका कृष्णमोहन जैसवाल दीपक बोहरालाई दुरदृष्टि भएको नेताका रूपमा सम्झिन्छन् । पछिसम्मका लागि हुने गरी विकास निर्माणका योजना बोहराले अघि सारेको उनको भनाइ छ । बोहरा बाहेकका अन्य जनप्रतिनिधिले यस क्षेत्रका लागि कुनै उल्लेखनीय काम नगरेको उनले बताए ।

Like