अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

एमसीसी परियोजनाको प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ। परियोजनाअन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो। निर्माण कम्पनीबाट समग्रमा अनुमानितभन्दा ६६ प्रतिशत बढी लागत प्रस्ताव पेस भएपछि त्यसलाई रद्द गर्नुपर्ने आवाज आइरहेको थियो। एमसिए नेपालले अनुमानित लागतभन्दा निकै बढी प्रस्ताव पेस भएसँगै ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरिएको जनाएको छ। मिलेनियन च्यालेन्ज कर्पाेरेसनकै सहमतिमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले शुक्रबार सूचना गरी गर्दै प्रसारण लाइनसँग सम्बन्धित सबै ठेक्का प्रक्रिया रद्द गरिएको जानकारी गराएको छ। एमसिए नेपालका सूचना अधिकारी राजीव दाहालले सार्वजनिक सूचना जारी गरेर प्रसारण लाइनतर्फको ठेक्का रद्द गरिएको बताए।
अब प्रसारण लाइनका ठेक्का नयाँ सिराबाट गर्नुपर्ने देखिएको छ। ‘बोलपत्रदाता कम्पनीले अनुमानित लागत मूल्यभन्दा निकै बढीको प्रस्ताव पेस गरेकाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय भएको हो,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गरिनेछ।’ एमसिए नेपालले ३ सय १५ डब्बल सर्किट किलोमिटर प्रसारण लाइन परियोजनालाई तीन खण्डमा बाँडेर टेन्डर आह्वान गरेको थियो। प्रसारण लाइन निर्माण बोलपत्र ठेक्का २०८० जेठ ८ गते खोलिएको थियो। बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए थिए। बोलपत्रमा सहभागीमध्ये पाँचवटा कम्पनी मात्रै प्राविधिक रूपमा योग्य ठहरिएका थिए। एमसिए नेपालले दोस्रो खण्डको रातमाटे–न्यू दमौली ९० किलोमिटर प्रसारणलाइन निर्माणका लागि ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो। पहिलो लट (खण्ड) मा ४०० केभी क्षमताको प्रसारण लाइन लप्सेफेदी–रातमाटे–न्यु हेटाैडा ११७ किलोमिटर निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो। सो प्रसारण लाइनका लागि एमसिए नेपालले अनुमानित लागत ७ करोड ६४ लाख अनुमान गरेको थियो। त्यो प्रसारण लाइन बनाउन ट्रान्सरेल लाइटिङ लिमिटेडले १३ करोड १५ लाख एक हजार दुई सय ९८, कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले २३ करोड ३१ लाख ६९ हजार ७ सय ४२ र लारसेन टर्बाे लिमिटेडले २१ करोड ८८ लाख ८५ हजार ७ सय ७२ अमेरिकी डलर प्रस्ताव गरेका थिए। यसका लागि कल्पतरु पावर ट्रान्समिसनले १४ करोड ७८ लाख ७३ हजार ४ सय ७, केइसी इन्टरनेसनल लिमिटेडले १६ करोड ३९ लाख ३६ हजार ३ सय ७७ र टाटा प्रोजेक्ट लिमिटेडले १० करोड ५४ लाख २५ हजार १३ अमेरिकी डलरबराबरको प्रस्ताव पेश गरेका थिए। एमसिए नेपालले प्रसारण लाइन डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्नेगरी टेन्डर मागेको थियो। टेन्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माण गर्नुपर्ने सर्त राखिएको थियो। ३१५ डब्बल सर्किट प्रसारण लाइनले ३ हजार मेगावाटभन्दा धेरै बिजुली आदानप्रदान गर्न सक्छ। ७० करोड डलरको यो परियोजनामा नेपाल सरकारले १९ करोड ७० लाख डलर खर्चे गर्नेछ भने अमेरिकी सरकारले एमसिसीमार्फत ५० करोड डलर अनुदान उपलब्ध गराउनेछ। एमसिए नेपालले तेस्रो खण्ड न्यू दमौलीदेखि–बुटबलसम्मको १०८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ७ करोड ९२ लाख ८२ हजार लाग्ने लागत तयार पारेको थियो। तर बोलपत्रमा सहभागी भएका कम्पनीले भने अनुमानितभन्दा धेरे ठूलो राशि प्रस्ताव गरे। तेस्रो खण्ड निर्माणका लागि टाटा प्रोजेक्ट लिमिटेडले १२ करोड ९० लाख २१ हजार, केइसी इन्टरनेसनल लिमिटेडले १९ करोड ९७ लाख ९७ हजार ४ सय ३४, लार्सेन एन्ड टर्बाे लिमिटेडले २६ करोड १२ लाख ४२ हजार ९ सय ६५ अमेरिकी डलर प्रस्ताव गरेका थिए। गत भदौ १३ गतेदेखि एमसिसी ‘इन्ट्री टु फोर्स’ कार्यान्वयन गर्ने निर्णय भएको थियो। परियोजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने छ। एमसिए नेपालले गत मंसिर १२ गते प्रसारण लाइन निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो। सुरुवाती चरणमा ११९ दिनको म्याद राखेर टेन्डर आह्वान गरिएको थियो।

Like