ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?

Share to:

एजेन्सी/फाल्गुण १७,

विश्वमा गत शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच तिब्रस्तरको वादविवाद भयो। युक्रेनसँग रहेको दुर्लभ खनिजमा अमेरिकी पहुँचका लागि सम्झौता गर्न गएका युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी व्यवहारबाट भड्किएका थिए। यो घटनापछि विश्व तरंगित भएको छ। युरोपका सबैजसो नेताले जेलेन्स्कीको पक्ष लिएका छन् भने अमेरिकामै पनि जेलेन्स्कीका पक्षमा सद्भाव देखिएको छ। उता रुस भने उक्त घटनाबाट खुसी देखिएको छ। त्यसपछि उनी बैठक छाडेर अलग्गै कोठामा गएका थिए। जहाँबाट युक्रेनी प्रतिनिधिमण्डलाई बाहिर जान भनिएपछि उनी जेलेन्स्कीको प्रतिनिधिमण्डल ह्वाइटहाउसबाट बाहिरिएको थियो। उक्त घटनाको युक्रेनमा के भइरहेको छ ? भन्ने सर्वत्र चासो छ। केही समयअघि अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै युक्रेनमा उनको ‘लोकप्रियता घटेको’ टिप्पणी गरेका थिए। बिबिसीको समाचार सामग्रीका अनुसार युक्रेनमा अधिकतर जेलेन्स्कीको तारिफ भइरहेको छ। केही विपक्षी नेताले भने आशंका जताइरहेका छन्। हाल युक्रेनी सेनामा रहेका पूर्व पत्रकार पेत्रो सुखलिनोभ जेलेन्स्कीको तारिफ गर्दै भन्छन्,‘युक्रेनसँग साथमा हिँड्न सहज छैन। युरोपको सबैभन्दा शक्तिशाली सेना युक्रेनसँग छ। सबैभन्दा शक्तिशाली हाम्रा रचनात्मक जनता छन्, र एक हिम्मतिलो राष्ट्रपति पनि छन्।’ उनले अब ट्रम्प र भान्सलाई जोकर भन्दै निजी तरिकाले चिनिसकेको उनले बताएका छन्। ‘अब या तपाईँ युक्रेनको सम्मान गर्नुस् हामीले जसको क्षति ब्यहोरेका छौँ, अथवा हामी तथ्यका तपाईँसामू ल्याउँछौँ । तपाईँ हामीलाई झुकाउन सक्नुहुन्न,’ सुखलिनोभले भनेका छन्। ‘अन्तमा युक्रेनको उद्देश्य प्राप्त भएको छ। यो हाम्रा लागि सहज हुने छैन। तर यो कहिल्यै हाम्रा लागि सहज थिएन पनि,’ युक्रेनी ब्लगर सर्गेइ इभानोभले भनेका छन्,‘हामी कसैलाई हाम्रो मुहारमा थुक्न दिन सक्दैनौँ, भलै कोही त्यो कोसिस किन नगरोस्।’ पूर्व पत्रकार सुखलिनोभले अब जेलेन्स्कीले अमेरिकामा नरोकिएर घर फर्किनुपर्ने सुझाव दिएका छन्। ‘यो युरोपसँग कुराकानी गर्ने समय हो, अमेरिकामा अब कोही छैन जो सँग कुराकानी गर्न सकियोस्,’ उनले लेखेका छन्। अर्का ब्लगर अलेक्जेन्डर अरोनेत्सले जसले जे भनेपनि जेलेन्स्की देशको हितको रक्षा गर्न जान्ने बताएका छन्। उनले लेखेका छन्,‘जो जेसुकै भनुन् हाम्रा राष्ट्रपति फलामजस्तै बलिया हिम्मतवाला हुन्। उनी देशको हितको रक्षा गर्न जान्दछन्।’ लभिभका गभर्नर मेक्सिम कोजित्स्कीले वासिंगटनमा भएको कुरा आफूले गहन रुपमा हेरेको बताएका छन्। ‘इंग्ल्यान्डमा एक थिए रिचर्ड सिंहको जिगरवाला,’ उनले भनेका छन्,‘र, एक हामीसँग छन्,भोलोदिमिर(जेलेन्स्की), सिंहको जिगरवाला।’ अर्का ब्लगर मिखाइल स्लाइडर शुक्रबारको दिनलाई ऐतिहासिक दिन भएको दाबी गर्छन्। ‘आज एक ऐतिहासिक दिन हो। युक्रेनको पूरै इतिहासमा जेलेन्स्की एक्लो राष्ट्रपति हुन जो स्टिल जस्तै मजबुत चरित्रवाला देखिन्छन्,’ उनले लेखेका छन्, ‘जसले धर्तीका सबैभन्दा शक्तिशाली व्यक्तिको सामुन्ने पनि आफ्नो शिर नझुकाउने ताकत देखाए।’ युक्रेनी विश्लेषक लियोनिड सवेत्सले ‘अमेरिका यति तल झरेको कहिल्यै नदेखेको’ बताएका छन्। स्टारलिंक स्याटेलाइट बन्द हुनेदेखि अमेरिकाले गोप्य सूचना दिनेसम्मका काम बन्द हुनसक्ने चिन्ता उनको छ। यो घटनाले रुसी राष्ट्रपति पुटिन सबैभन्दा खुसी भएको टिप्पणी उनको छ। युक्रेनी संसद्का विपक्षी सांसद ओलेक्सी होन्चारेन्को ट्रम्पसँग युक्रेनको सम्बन्ध सकिएको देखेको बताएका छन्। ‘यो एकदमै बचपना हो, क्यामरा अगाडि अमेरिकी राष्ट्रपतिसँग यस्तो गर्ने? यो गर्न नि सकिन्छ, गर्नु नि पर्छ तर क्यामराका अगाडि होइन,’ उनले भने। यसको असर धेरै नराम्रो हुनसक्ने उनले बताए।

Like