फ्रान्स र बेलायतले युक्रेन युद्ध अन्त्य गर्न केही नगरेको ट्रम्पको आरोप

Share to:

एजेन्सी/फाल्गुण १०,

विश्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेको आरोप लगाएका छन्। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता बेलायत, फ्रान्सलगायतका सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता प्रदान गर्दै आएका छन्। ट्रम्पले यो भनाइ त्यतिबेला आयो जब म्याक्रोन र स्टारमर अर्को हप्ता ह्वाइट हाउसमा उनलाई भेट्न जाँदै छन्। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति सम्झौताबारे कुनै जानकारी नदिएको बताए। उनले भने, ‘मलाई लाग्छ, उनी बैठकमा सहभागी हुन लायक पनि छैनन्।’ सोमबार युरोपेली नेताहरूले पेरिसमा युक्रेनको विषयमा आकस्मिक बैठक गरे। यो बैठक अमेरिका र रुसबीच साउदी अरेबियामा भएको बैठकको ठीक एक दिनअघि भएको थियो। राष्ट्रपति म्याक्रोन सोमबार वाशिंगटन डीसी पुग्न सक्ने बताइएको छ। त्यस्तै, बीबीसीका अनुसार प्रधानमन्त्री स्टारमर बिहीबार ह्वाइट हाउस पुग्नेछन्। युरोपेली नेताहरूले यो शान्ति सम्झौताले युक्रेन र युरोपलाई विभाजित गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। ट्रम्पले अन्तर्वार्तामा उनले म्याक्रोनलाई आफ्नो मित्र र स्टारमरलाई असल व्यक्ति भनेर वर्णन गरे।

Like