हमासले आज रिहा गर्ने ६ बन्धकमा को- को छन् ?

Share to:

एजेन्सी/फाल्गुण १०,

मुलुकमा हमासले शनिबार ६ इजरायली बन्धक रिहा गर्दैछ। रिहा हुनेहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद छन्। यस्तै अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेष्टिनी रिहा हुन लागेका हुन्। युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ। यसको साटोमा इजरायलले एकैपटक ६०२ प्यालेष्टिनी बन्दीलाई रिहा गर्ने अल जजिराले जनाएको छ। यसमध्ये आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका अन्य पनि रहेका छन्।

Like