अखिल क्रान्तिकारीको मतगणना विवादपछि रोकियो
रासंसा/काठमाण्डौ, माघ १३,
मुलुकमा अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएपछि रोकिएको छ। शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका हुन्। त्यसैले गर्दा राति अबेरदेखि मतगणना नभएको हो। विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेको छ। मधेश प्रदेशमा आधा मत मतगणना भैसक्दा यादवको पक्षमा सर्वाधिक ३० मत परेको छ। निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो। तर कालोले पनि मतदान गरेको पाइएपछि विवाद भएको हो। अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्ष असहमत देखिएको छ।
Like