क्याडेटको दलेल कवाज प्रधान सेनापति सिग्देलद्वारा निरीक्षण

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

मुलुकमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले इन्डियन मिलिट्री एकेडेमीमा तालिमरत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण गरेका छन्। यस अवसरमा, प्रधान सेनापति सिग्देलले क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण र अवलोकन गर्नुका साथै, नवनियुक्त अधिकृत क्याडेटहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे र उनीहरूसँग अन्तरक्रिया समेत गरे। भारतको औपचारिक भ्रमणमा रहेका उनले शनिबार भारतको देहरादुनस्थित इन्डियन मिलिट्री एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाले २०१० सालदेखि इन्डियन मिलिट्री एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूको तालिम सुनिश्चित गर्दै आइरहेको छ। अहिले सम्म उक्त एकेडेमीबाट २०० भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरूले प्रशिक्षण प्राप्त गरेका छन्। हाल, बाह्र देशका क्याडेटहरू तालिमरत रहेका उक्त एकेडेमीमा नेपाली सेनाका ६ जना क्याडेटहरू पनि प्रशिक्षणमा छन्।

Like