ज्यान मार्ने उद्योगमा दोषी ठहर प्रदेश सांसद दीपक मनाङे, ५ वर्ष कैद सजाय
रासंसा/काठमाण्डौ, कार्तिक २१,
मुलुकमा पार्टीमा आचार संहिता बिहिन सदस्य बनाउने भनेर पार्टीको विधानमा उल्लेख छैन तर पनि त्यस्ता सदस्य बनाएअपश्चात् विधानको औचित्यता रहदैन, यसको ख्याल कुनै पाटीले ख्याल गरेको पाइएन । यस्तै गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ। उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि उक्त फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए। २०६१ मा मनाङेले चक्रे मिलनमाथि तरबार आक्रमण गरेका थिए। सोही घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको हो। काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो। उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन्।