पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्यमा ह्रास
रासंसा/काठमाण्डौ, भाद्र ३१,
मुलुकमा नेपाल आयल निगमले इन्धनको मूल्य केही घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन गरेको हो । तीन वर्गामा विभाजन गरी इन्धन ढुवानी लागतका आधारमा निगमले गरेको यस निर्णयसँगै तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकालगायतका क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ । निगम सञ्चालक सिमितिले स्वचालित मूल्य समायोजन प्रणालीबमोजिम समायोजन गरेको नयाँ मूल्यनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य घटेको छ ।
Like