अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचार

चरित्र निर्माण संघ काठमाण्डौको ३७औँ वार्षिक साधारण सभा सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, कार्त्तिक १६,

मुलुकमा चरित्र निर्माण संघको ३७औँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित पशुपति योगाभ्यास स्थलमा सम्पन्न भएको छ। संघका अध्यक्ष स्वामी कल्याण मित्रको अध्यक्षतामा सम्पन्न सभामा संघका साधारण सदस्य, आजीवन सदस्य तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो। सभामा संघका विभिन्न गतिविधि, विगतका कार्यप्रगति तथा आगामी योजना लगायतका विषयमा छलफल गरिएको थियो। सभामा आर्थिक प्रतिवेदन, प्रगति तथा भावी योजना प्रतिवेदन सम्बन्धित पदाधिकारीहरुले प्रस्तुत गरि सभाबाटै पारित भएको छ भने कार्यक्रममा सहभागी सदस्य तथा शुभचिन्तकहरूले संघको आगामी कार्यदिशाका विषयमा आफ्ना धारणा राखेका थिए। सभाको अवसरमा संघको गतिविधिलाई थप प्रभावकारी बनाउँदै सामाजिक तथा चरित्र निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको जनाइएको छ। चरित्र निर्माण संघ परिवारले साधारण सभामा सहभागी सम्पूर्ण सदस्य, आजीवन सदस्य तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ।

Like