Sunday, October 18, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

‘बेचिएका’ दर्जन महिलाको कुवेतमा बिचल्ली

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा कुवेतमा घरेलु कामदारका रूपमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध मार्गबाट कुवेत पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् । यस्तै, मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेको भन्दै उनका श्रीमान् सन्तोषले उद्धार गर्न हारगुहार गरिरहेका छन् । श्रीमतीले सातवटा घर परिवर्तन गरिसक्दा पनि भनेनुसारको काम नपाएपछि समस्यामा परेको सन्तोषले बताए । अहिले श्रीमतीको उद्धार गर्न उनी एजेन्टसँग रोइकराई गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् । अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेका दर्जनभन्दा बढी नेपाली महिला आफ्नो सम्पर्कमा रहेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘अवैध बाटो हुँदै घरेलु काममा आएर साहुको कुटपिट यातना सहन नसकेर तत्काल भागेकाको धेरै समस्या परेका दैनिक १२ देखि १५ जना नेपाली महिला मेरो सम्पर्कमा आउँछन्,’ समाजसेवी थापाले राजधानीसँग भने, ‘आफूहरूलाई एजेन्टले बिक्री गरेको रहेछ भनेर हारगुहार गर्नुहुन्छ, यस्ता त अनगिन्ती पीडितहरू छन्, हामी पनि के नै पो गर्न सक्छांै र ? जे होस् सक्ने सहयोग गरिरहेका छौं ।’ अहिले उनलाई पनि एक जना नेपाली महिलाको कोठामा राखेको र खान बस्नका लागि विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ एनआरएनए कुवेतका अध्यक्ष धिरेन सुवेदीले आयस्रोत जुटाइरहेको थापाले बताए । ‘एजेन्टहरूले नेपाली महिलालाई कतिमा बेच्छन्, अनि कतिमा किन्छन् भन्नेसम्म जानकारी हुँदैन,’ उनले भने । उनले अहिले कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा ४२ जना दिदीबहिनी उद्धार हुने पर्खाइमा रहेको र दिन प्रतिदिन पीडितहरूको संख्या बढेकाले दूतावासलाई पनि कठिन भएको बताए । हेटौंडा घर भएकी सजिना रुम्बालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेपछि आफूहरूले उद्धार गरेको थापाले बताए । ‘उद्धारपछि कोठामा ल्याएर सबै डकुमेन्ट तयार पारेर नेपाल पठाउन खोजियो, दुईपटक फ्लाइट क्यान्सिल हुँदा लाख रुपैयाँ खर्च भइसक्यो, तर पनि पठाउन सकिएको छैन,’ समाजसेवी थापाले भने । पछिल्लो समय कुवेतीले खदमा यानकी घरेलु महिला कामदारहरूको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले पनि उद्धार गर्न थप समस्या हुने गरेको बताइएको छ । अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्नु परेपछि मात्र आफूलाई फसाएको ’bout थाहा पाउने गर्छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि थाहा नपाउने हुनाले उद्धारमा थप समस्या हुने गरेको पाइन्छ । दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

Like