कांग्रेसका सिंहलाई बझाङमा २ सय ४१ मतको अग्रता
टिकाराम सिङ/बझाङ, बैशाख १७,
मुलुकमा बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २२ हजार २९६ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् । बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१ ) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।
Like
