अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षास्पेसल

राष्ट्रप्रेमी मिनबहादुर गुरुङ भए डिस्चार्ज

Share to:

रासंसा/काठमाण्डौं, श्रावण ७,

मुलुक्मा भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा सफल व्यवसायी मीनबहादुर गुरुङ ५ साताअगाडि स्वास्थ्य जाँच गराउँदा हेमोग्लोबिन चारमा झरिसकेको रहेछ। न्यूनतम पनि हेमोग्लोबिन १२ हुनुपर्छ। ४७ लाख हुनुपर्ने रातो रक्तकोष (आरबीसी) पनि अत्यन्त कम थियो। उनलाई रक्तअल्पताको डायग्नोसिस भयो। गम्भीर स्वास्थ्य समस्याका कारण युरोप, अमेरिका, सिंगापुर जस्ता देशमा गएर उपचार गराउँन दिएको सुझाब मानेनन् र आफ्नै देशको डाक्टरको विश्वास गर्दै मीनबहादुर गुरुङले नेपालकै टिचिङ अस्पताल रोजे ३७ दिनपछि उनि डिस्चार्ज भएका छन् । यस्तो गम्भीर स्वास्थ्य समस्याका कारण ३७ दिन अस्पतालमा उपचार गराएपछि केही दिनअघि डिस्चार्ज भएका छन्। उनका अनुसार विदेशमा ५–७ करोड रुपैयाँ खर्च गरेर उपचार गराउन सक्ने अवस्था भए पनि आफ्नै देशका चिकित्सकमाथि भरोसा भएकाले नेपालमै उपचार गराएका हुन्। उपचारका क्रममा धेरै आफन्त, साथीभाइ तथा कर्मचारीहरूले युरोप, अमेरिका, सिंगापुर वा भारतलगायतका देशमा गएर उपचार गराउन सुझाव दिएका थिए। कतिपयले त्यसका लागि पटक–पटक आग्रहसमेत गरेका थिए। तर गुरुङले नेपालकै चिकित्सक र स्वास्थ्य प्रणालीमाथि विश्वास व्यक्त गर्दै स्वदेशमै उपचार गराउने निर्णय गरे। उनको उपचार त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा हेमाटोलोजिस्ट डा. अर्जुन श्रेष्ठ र कार्डियोलोजिस्ट डा. चन्द्रमणि पौडेलको नेतृत्वमा गरिएको थियो। उपचारका लागि आवश्यक केही औषधि अमेरिकाबाट मगाइए पनि सम्पूर्ण उपचार भने नेपालमै सम्पन्न भएको हो।
चिकित्सकहरूले उनलाई अहिले कम्तीमा तीन महिना घरमै आराम गर्दै नियमित स्वास्थ्य निगरानीमा बस्न सल्लाह दिएका छन्। शिक्षण अस्पतालसँग गुरुङको भावनात्मक सम्बन्ध पनि रहेको बताइन्छ। उनले आफ्ना स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा करिब १९ करोड रुपैयाँको लागतमा आकस्मिक उपचार कक्ष निर्माण गरिदिएका छन्।

Like