इलाम–२ उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने
रासंसा/काठमाण्डौ, चैत्र ६,
मुलुकमा इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाे छ। प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय चैत १५ गते दिउँसो १ बजेसम्म तोकिएको छ। पार्टीले चैत १६ मा उम्मेदवार टुंगो लगाएर चैत १७ मा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ। रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि चैत ६ देखि १४ गतेसम्म आवेदन दिन भनिएको छ। त्यसपछि प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते साँझ ८ बजे प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ। प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ।
Like