नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रालय भागबण्डा हुँदै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २१,

मुलुकमा एमाले नेतृत्वको नयाँ सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नयाँ गठबन्धन भित्रको भागबन्डा मिलाउन प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपीशर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू बैठकमा सहभागी छन् ।नयाँ समीकरणमा आज केही मन्त्रीलाई सपथ गराउने तयारी छ। बिहान बसेको बैठकले मन्त्रालय लगायत मोडालिटीको विषय टुंग्याउन कार्यदल गठन गरेका थिए। उनीहरुले संघीय सरकार र प्रदेश सरकारकोसमेत भागबण्डा गर्ने बताइएको छ। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार केन्द्रमा सत्ता समिकरण फेरबदल भएपछि प्रदेशका मुख्यमन्त्रीहरु पनि आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन गर्ने जानकारी गराए।

Like