अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

Share to:

एजेन्सी,

विश्वमा सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने– “हामीले अझै धेरै राहत सामग्री पुर्याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।” “आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरु र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,” ८१ वर्षीय बाइडेनले भने । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय सङ्कट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो । बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन् । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता कायम राखेका छन् । उनले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप सहायता ट्रकहरू भित्राउन ‘जोड’ दिने र गाजामा ठूलो मात्रामा सहायता पुर्याउन सम्भावित ‘समुद्री करिडोर’ को बारेमा पनि विचार गर्ने बताएका छन् । बाइडेनले केही समयदेखि हवाई मार्गबाट सहायता पुर्याउनेबारे योजना बनाइरहेको तर बिहीबारको घटनाले राष्ट्रपतिलाई सहायता प्राप्त गर्ने अन्य उपायको खोजी गर्नुपर्ने आवश्यकताबारे थप चिन्तित बनाएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् । एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको गरेको छ । निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए । किर्बीले भने, “संयुक्त राज्य अमेरिकाले धेरै एयर ड्रपहरू गर्ने योजना बनाएको छ जुन हप्तौंसम्म चल्नेछ ।” तर यो एक ‘कठिन सैन्य अभियान’ पनि हो जसमा गाजाका नागरिक र अमेरिकी सैन्य अधिकारीको सुरक्षाको लागि पेन्टागनले सावधानीपूर्वक योजना बनाउनु आवश्यक छ । उनले भने, “यो युद्धक्षेत्र हो । अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो । त्यसैले विमानमा पाइलटका लागि थप सम्भावित खतराको व्यवस्थापन गर्नु जरूरी छ ।” इजरायलले पनि सहायता बोकेर गाजा पुगेका गाडी र सहयोग प्राप्त गर्नका लागि भेला भएका प्यालेष्टिनीको मृत्युबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको किर्बीले बताएका छन् । किर्बीले भने, “गाजाजस्तो भीडभाड हुने वातावरणमा एयरड्रप गर्न निकै गाह्रो छ ।” संयुक्त राज्य अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो। किर्बीले गाजामा बढ्दो मानवीय विपत्तिका बावजुद वासिङ्टनले इजरायललाई दिँदै आएको सैन्य सहयोग नरोक्ने बताए । उनले भने, “हामी अझै पनि इजरायललाई यसको सुरक्षाका लागि सहयोग गरिरहेका छौं ।”

Like