उडानका क्रममा विमानको झ्याल फुटेपछि…
एजेन्सी,
विश्वमा अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ। ‘यो वास्तवमा अचानक थियो। झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो। अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महशुस गरिएन,’ उनले भने। ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,’ सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा) मा लेखेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ। विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताए अनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो। अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताए अनुसार उडानका क्रममा आएको चर्को आवाजले उनलाई ब्यूँझाएको थियो। ‘मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ’, गुयेनले न्युयोर्क टाइम्ससँग भने, ‘त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन।‘जब मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु’,’ उनले थपे। ‘यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,’ विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। ‘छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर) ’ले जनाएको फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ।