अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आगामी असारमा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २६,

मुलुकमा अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको नवौं संस्करण असारमा हुने भएको छ। ‘धुम्रपान नगरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता असार ६ गतेदेखि ११ गतेसम्म दशरथ रंगशालाको कबर्ड हलमा सञ्चालन हुने अन्नपूर्ण मिडिया नेटवर्कका उपमहानिर्देशक विकास श्रेष्ठले बताए। प्रतियोगिताको प्राविधिक पक्षमा नेपाल ब्याडमिन्टन संघको सहयोग रहने उनले जनाए। प्रतियोगिता ७ क्याटेगोरीमा हुनेछ। कर्पोरेट डबल्स, एक्जुकेटिभ सिंगल, एक्जुकेटिभ डबल, (खुल्लातर्फ मेन्स सिंगल, मेन्स डबल्स, ओमेन्स सिंगल, मिक्स डबल्सतर्फ प्रतिस्पर्धा गराइने छ। प्रतियोगिता ७ क्याटेगोरीमा हुनेछ। कर्पोरेट डबल्स, एक्जुकेटिभ सिंगल, एक्जुकेटिभ डबल, (खुल्लातर्फ मेन्स सिंगल, मेन्स डबल्स, ओमेन्स सिंगल, मिक्स डबल्सतर्फ प्रतिस्पर्धा गराइने छ। कर्पोरेट डबल्सतर्फ कुनै पनि अफिस चेयरमेन्स, निर्देशक, महानिर्देशक, सीईओ स्तरका सबैले भाग लिन पाउने छन्। तर, ४० वर्ष उमेर पुरा भएको हुनेपर्ने शर्त राखिएको छ। प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास पनि व्यक्त गरे। अन्नपूर्ण मिडिया नेटवर्कले सन् २०१३ बाट कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आरम्भ गरेको थियो। त्यसैगरी, एक्जुकेटिभ सिंगल र एक्जुकेटिभ डबल्सतर्फ कुनै पनि संस्थाका जो कोहीले प्रतिस्पर्धा गर्न पाउने छन्। खुल्लातर्फको मेन्स सिंगल, मेन्स डबल्स, ओमन्स सिंगल र मिक्स डबल्स क्याटेगोरीमा नेपालभरीका खेलाडीले सहभागिता जनाउन पाउने उपमहानिर्देशक विकास श्रेष्ठले जनाए। उनले भने, ‘कामको व्यस्तताले घेरिएकाहरूलाई प्रतियोगिताले खुसी, उमंग र उत्साह प्रदान गर्ने हामीले विश्वास लिएका छौं।खेलले स्वस्थ र फुर्तिलो बनाउँछ। यस खेलमा नेपालभरीका राष्ट्रिय खेलाडीहरूको सहभागिता रहने छ।’ नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्नपूर्ण मिडिया नेटवर्कले साइक्लििङ र स्पेशल रूपमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेर राम्रो काम गरिरहेको बताए। जुन हिसाबले ब्याडमिन्टन खेलको मिडियामा कभरेज हुनुपर्ने हो, त्यस हिसाबले अहिलेसम्म स्थान नपाएको गुनासो गर्दै उनले थपे, ‘मिडियासँगको सहकार्यमा प्रतियोगिता हुँदा जनमानसमा ब्याडमिन्टन ठूलो खेल हो भनेर स्थापित गराउँछ।’ ‘नेपाल ब्याडमिन्टन संघ र अन्नपूर्ण मिडिया नेटवर्क मिलेर हामीले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि गरिसकेका छौं’, उनले भने, ‘कर्पोरेट सेक्टरले ब्याडमिन्टन संघसँग मिलेर प्रतियोगिता आयोजना गर्दा खेलको स्ट्याण्डर र हाइट बढाएको छ।’

Like