अन्य थपमुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी

Share to:

एजेन्सी,

विश्वमा हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन्। रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए। जसमा चार खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए। गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ। प्यालेस्टिनी अधिकारीहरूले विस्थापितहरूलाई उत्तरी पट्टीमा आफ्नो घर फर्कन आह्वान गरेका छन्। तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो। प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन्।

Like