अन्य थपखेलकुदमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

अस्ट्रेलियाको आइसीसी विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

Share to:

रासंसा/काठमान्डौ, कार्तिक ८,

आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। फिरोज शाह कोटला मैदानमा अबको केहीबेरमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीचको खेल सुरु हुँदैछ। यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ। पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै आफ्नो अङ्क तालिकामा स्थान सुधार्न चाहन्छ। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।

Like