अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नेपाल सोतोकान कराते संघको ब्ल्याकबेल्ट समितिको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

Share to:

महेशजंग कुँवर / काठमाण्डौ, आश्विन४,

मुलुकमा राष्ट्रिय खेलकुद परिषदको साथ सहयोग का.म.न.पा. वडा नं-७ को व्यवस्थापकीय सहयोगमा मिति २०८० साल आश्विन २ गते संघको केन्द्रिय ब्लाकबेल्ट कमिटीको पदस्यको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सहयोगी मन र खेलाडी भाई बहिनीहरुको सम्मान कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहणका लागि यूवा तथा खेलकुद मन्त्री श्री डीग बहादुर लिम्बुको अस्वास्थ्य रहेकाले उपस्थिति हुन सकेन । नेपाल सोतोकान कराते संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुर्व बागमती प्रदेश उद्योगराज्य मन्त्री श्री कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बुद्धिमान स्याङकतानको अध्यक्षतामा १९ जनाको केन्द्रिय ब्लाकबेल्ट कमिटीको पदस्गथापन समिति गठन गरिएको छ ।

सो पदस्थापना भएको कमिटीमा उपाध्यक्ष श्री कृष्ण अधिकारी सचिवमा श्री सञ्जय लामा, कोषाध्यक्षमा सुश्री सुनिता शाही र अन्य सदस्यहरुमा केन्द्रिय ब्लाकबेल्ट कमिटी पदाधिकारीहरुलाई नियुक्ती पत्र तथा सम्मान पत्र प्रमुख अतिथि पुर्व बागमती प्रदेश उद्योगराज्य मन्त्री श्री कञ्चन चन्द्र बादेबाट वितरण भएको थियो भने कार्यक्रममा संघको स्थापनाकाल देखि (२०५४) तन, मन, बचन र कर्मले साथ दिनु हुने इ.पी. एस विद्यालयका प्रिन्सीपल श्री प्रमिला सिहं, समाजसेवी नमोबुद्धका गोपाल श्रेष्ठ, चुनियालाल श्रेष्ठ, बनेपाका निर्मल फैजु, प्रताप सुवेदी, प्रमोद दीप, कबिराज शर्मा, (पाँचखाल न.पा.) का प्रवक्ता सञ्जय तामाङ, काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्री बिनोद होडा, बुद्धिमान स्याङतानलगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई उहाँहरुको अतुलनीय सहयोगको स्मरण गर्दै संघको तर्फबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सम्मानित हुनु हुने बागमती प्रदेशका पुर्व पर्यटन तथा संस्कृत मन्त्री दीपेन्द्र श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । प्रमुख अतिथि बागमती प्रदेशका पुर्व उद्योग राज्य मन्त्री श्री कञ्चन चन्द्र बादेले यस खेलको व्यवस्थापन विकास र खेलाडी भाईबहिनीहरुलाई उहाँहरुको खेल संरक्षण बृति विकासमा प्रदेश तथा केन्द्रिय सरकारमा समेत बुलुन्द आवाज उठाउने अठोट गर्नु भएको थियो । सोतोकान कराते संघको खेलको विकास र खेलाडी अन्तराष्ट्रिय सहभागीतामा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष श्री हरिशरण के.सी. ले आफ्नो तर्फबाट परिआएको सहयोग गर्ने बचन दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव नेहा राज्यलक्ष्मी शाहले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा रेडियो नेपालका प्रतिनिधि बलराम कोइरालाको आतिथ्यता रहेको थियो ।

Like