नासाको पछिल्लो रिपोर्ट, एलियन्स छन् कि छैनन् ?
एजेन्सी,
विश्वमा सयौँ युएफओ देखिएको विषयमा अनुसन्धान गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो घटनाको पछाडि एलियनको हात भएको कुनै प्रमाण फेला पारेको छैन । तर, यसले यो सम्भावनालाई पनि अस्वीकार गरेको छैन । यद्यपि, नासाले यूएपी अर्थात् अनआइडेन्टिफाइड एनोमेलस फेनोमेनाको भने अनुसन्धान गर्नेछ । यो सत्य हो भने पनि नासाको अनुसन्धानको बहुप्रतिक्षित प्रतिवेदनमा त्यस्तो कुनै प्रमाण दिइएको छैन, जसको आधारमा कुनै ठोस निष्कर्ष निकाल्न सकियोस् । एजेन्सीले आधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर कसरी यसबारे अनुसन्धान गर्ने बताएको छ । नासाको ३६ पृष्ठको यो प्रतिवेदनमा यस विषयमा धेरै प्राविधिक र वैज्ञानिक टिप्पणी गरिएको छ । नासाका प्रशासक बिल नेल्सनले स्पेस एजेन्सीले सम्भावित यूएपीसँग सम्बन्धित घटनाको अनुसन्धान मात्रै गर्ने नभई डाटा साझेदारीमा पनि पारदर्शी हुने जानकारी दिएका छन् । प्रतिवेदनको अन्तिम पृष्ठले नासाद्वारा अनुसन्धान गरिएका सयौँ यूएपी दृश्यको पछाडि अरू कुनै शक्तिको हात रहेको निष्कर्षमा पुग्ने कुनै कारण छैन भनी उल्लेख गरिएको छ । हुन त यस प्रतिवेदनमा अन्य ग्रहमा पनि जीवन छ भनेर भनिएको छैन । तर प्रतिवेदनले पृथ्वीको वायुमण्डलमा कुनै सम्भावित अज्ञात एलियन टेक्नोलोजीले काम गरिरहेको कुरालाई पनि अस्वीकार गर्दैन । यसमा भनिएको छ – यद्यपि, यो निश्चित छ कि यी चीजहरू हाम्रो सौर्य मण्डल हुँदै यहाँसम्म आइपुगेको हुनुपर्छ । ‘यूएपी हाम्रो ग्रहको सबैभन्दा ठुलो रहस्य हो,’ नासाको विज्ञान मिसन निर्देशनालयका सहायक प्रशासक निकोला फक्सले भने । ‘तर यो उच्च गुणस्तर डाटा को कमीको कारणले हो ।’ फक्सले भनेको छ – यूएपी देखिएको भनेर विभिन्न घटनाबारे कुरा गरिएता पनि यूएपीको प्रकृति र उद्भवबारे कुनै वैज्ञानिक निष्कर्ष निकाल्न पर्याप्त आधार र डाटा छैनन् । वैज्ञानिकहरूले डाटा सङ्कलन र विश्लेषण गर्ने प्रक्रियाका लागि आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ प्रयोग गर्नेछन् । फक्सले भन्यो, ‘नासाले यूएपी रिसर्चका नयाँ निर्देशक नियुक्त गरेको छ ताकि भविष्यको लागि बलियो डाटाबेसको आधारशिला राख्न सकियोस् ।’ बीबीसी संवाददाता साम काब्रालले नासा प्यानललाई गत हप्ता मेक्सिकन अधिकारीहरूलाई हस्तान्तरण गरिएका कथित एलियनका वस्तुहरूको फोटोहरूको शृङ्खलाको बारेमा सोधे । त्यहाँ उनले दुई गैर–मानव एलियन अवशेष प्रस्तुत गरे । सन् २०१७ मा पेरुको कुस्कोमा फेला परेको र रेडियोकार्बन परीक्षणका अनुसार ती १८०० वर्ष पुरानो भएको उनले दाबी गरे । आफूलाई यूएफओ विशेषज्ञ बताउने जेमी माउसनलाई संसदीय सुनुवाइमा बोलाइएको थियो । तर यी नमुनाहरूलाई वैज्ञानिक सर्कलहरूमा ठुलो शङ्काको दृष्टिकोणले हेरिएको थियो । नासाका वैज्ञानिक डा. डेभिड स्पिगेलले बीबीसीलाई भने, ‘पहिले विश्वका वैज्ञानिकहरूलाई नमुनाहरू उपलब्ध गराउनुहोस् । त्यसपछि हामी यसमा सत्यता के हो हेर्नेछौँ ।’ माउसन आफैँले अन्य ग्रहहरूमा जीवनको अस्तित्वको दाबी गरेका थिए तर उनको कुरालाई अस्वीकार गरियो । धम्कीका कारण, यूएफओमाथि अनुसन्धानको नयाँ प्रमुखको पहिचान गोप्य राखिएको छ । नासासँग अनुसन्धानका लागि नयाँ निर्देशक हुनेछ – तर उनको पहिचान रहस्य मै छ । वास्तवमा, युएपी अनुसन्धानका लागि नयाँ निर्देशक नियुक्त गरिनेछ । तर उनको परिचय भने गोप्य राखिएको छ । उनको भूमिका के हुनेछ र कति पारिश्रमिक लिनेछन् भन्ने कुरा पनि गोप्य राखिएको छ । जबकि नासाले यूएपी अनुसन्धानको मामिलामा थप पारदर्शिता कायम गर्ने बताएको छ । नासाले आफ्नो यूएपी अनुसन्धानमा थप पारदर्शी हुने वाचा गरेको छ । यसको एउटा कारण निर्देशकलाई कुनै पनि सम्भावित सार्वजनिक उत्पीडनको सिकार हुनबाट जोगाउनु हो । अनुसन्धानका लागि नासाका असिस्टेन्ट डेप्युटी एसोसिएट एड्मिनिस्ट्रेटर डा. डेनियल इभान्सले भने, ‘यूएपी अनुसन्धान प्यानलका सदस्यहरूले वास्तवमा केही धम्कीहरू पाएका छन् ।’ नासाले टोलीको सुरक्षालाई ‘अत्यन्त गम्भीरतापूर्वक’ लिने गरेको उनले बताए । यी खतराहरूलाई ध्यानमा राख्दै यूएपीका अनुसन्धान निर्देशकको नाम सार्वजनिक गरिएको छैन । रिपोर्टमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ यूएपीको पहिचान गर्न आवश्यक उपकरण आवश्यक हुने बताइएको छ । नासाले यूएपीलाई राम्रोसँग बुझ्न र पहिचान गर्न सबैभन्दा ठुलो चुनौती भनेको डाटाको अभाव रहेको बताएको छ । नासाले प्रविधिको क्राउडसोर्सिङ गरेर कमीको भरपाई गर्न चाहन्छ । आम जनतालाई यूएपी बुझ्नु एक महत्त्वपूर्ण पक्षको रूपमा हेरिने गरिन्छ । यसमा ओपन सोर्स–बेस्ड एप र अन्य स्मार्टफोन मेटाडेटा समावेश छन् । यो मल्टिपल सिटिजन अब्जर्भरबाट आउँछन् । प्रतिवेदनमा भनिएको छ, ‘अहिले एकै ठाउँमा सिभिलियन यूएपी रिपोर्टलाई सङ्कलन र व्यवस्थित गर्ने कुनै मापदण्ड प्रणाली छैन । तसर्थ, डाटा छरिएका पाइन्छन् र यसमा कमजोरीहरू पनि हुन्छन् ।’
