बागमती, विष्णुमती र धोविखोलामा जल सतह बढ्दै, ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २३,

मुलुकमा काठमाण्डौ उपत्यकासहित देशभर परेको अविरल बर्षाले नदि तथा खोलाहरूमा जलसतह बढेको छ। काठमाण्डौ उपत्यकाको बुढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपासमा गएरातीदेखि परेको भारी बर्षाले आसपासका नदीनालाहरूको जलसतह बढेकोले सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बागमती, विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह सतर्कता बिन्दुमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Like