एक दिने तालिम सम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ ७,
सृर्जनशिल दिदीबहिनी समुहका कुल १ सय ८ विवाहित महिलाहरुलाई स्वास्थ्यसंग सम्वन्धित एक दिने तालिम प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै ब्यास-४ कि जनप्रतिनिधि गौकुमारीन्यौपानेले हरेक महिला दिदीबहिनीहरुलाई घरभित्रको चुलो चौकोमा मात्रै सिमित नराखी समाज र राष्ट्रका विभिन्न तह र तप्कामा अग्रणी भुमिका निर्वाह गराउन अवसर दिन जरुरी भएको बताईन्। स्थान र अवसर पाए नारिले राष्ट्रपति,प्रधानमन्त्री ,मन्त्री ,वडा अध्यक्ष ,कार्यालय प्रमुख र पाइलट समेत वन्न सक्ने उदाहरण दिईन्। यसैगरी, ब्यास नगर स्वास्थ्य शाखाकि निरीक्षक लक्ष्मी गुरुङले प्रशिक्षण दिने क्रममा बोल्दै मानिसले स्वास्थ रहन उसको अाहारविहारमा निर्भरहुने बताईन। भान्सामा बनेको खानेकुराले हाम्रो स्वास्थ्यमा प्रत्येक्ष सकारात्मक र नकारात्मक दुबै असर पार्ने बताउदै मानव शरिर काँचको खाली बोतल जस्तै भएको र शरीर भित्र मापसे गरे विग्रने र धेरै रोगहरु लाग्ने र दूध,दही ,घिउ मोही जस्ता अमृत खानेकुरा सेवनगरे दिर्गजिवी रहन सुझाव दिदै बासी,सडेगलेको, झिगा भनकिएको खाना कदापि सेवन गर्न नहुने र अत्याधिक चिल्लो ,गुलियो ,अमिलो ,पिरो र नुनिलो बस्तुको मात्रा स्वास्थ्य अवस्था हेरेर सेवनगर्न निर्देशन दिईन्।

कार्यक्रममा दिदीबहिनी समुहकि सल्लाहकार नारायणी अधिकारी ,समुहकि संस्थापक बत्तिमाया वाग्ले ,वडा सदस्य सरोज भण्डारी ,वडा सचिव दुर्गा पौडेल ,समुह कि निर्वर्तमान अध्यक्ष सीता शर्मा लगाएतका बक्ताहरुले पोषणयुक्त खाना र सरसफाइका विषयमा अाअाफ्नो धारणा राखेका थिए। कार्यक्रम सृर्जनशिल दिदीबहिनी समुहकि अध्यक्ष भगवती न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव मंजुरेग्मी न्यौपानेले गरेकि थिईन्।