Saturday, October 17, 2026
Latest:
अन्य थपदेशमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

एडिबीको नेपालको व्यापार वृद्धिका लागि तीस करोड डलर

Share to:

एजेन्सी,

दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रूपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन्। एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ। भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो। मनिलास्थित बैंकको प्रधान कार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो। अब बन्ने अन्तरराष्ट्रिय स्तरको उक्त सडकमा ट्राफिक संकेत, सडक बत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङ लगायत सबै पूर्वाधार हुनेछन्।

Like